शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

आज ३०३ औं पृथ्वी जयन्ती

आज ३०३ औं पृथ्वी जयन्ती


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०८१, शनिबार

पोखरा/ आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वि. सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएपछि ५२ राज्यमा ५२ राज्यमा विभाजित नेपालको पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको मृत्युपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट, १८२६ मा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरण गरेका थिए उनले । जन्मजयन्ती पोखरालगायत देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->