आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सु–शान्त टोलको साधारणसभा सम्पन्न

सु–शान्त टोलको साधारणसभा सम्पन्न


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८१, आइतबार

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित सु–शान्त टोल सुधार समितीको दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको टोलले साधारणसभा सम्पन्न गरेको हो । साधारणसभामा गोपाल ढकाल र लिला रेग्मीलाई सम्मान गरिएको छ । उनीहरुलाई सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको हो ।

साधारणसभाको उद्घाटन सत्रमा बोल्दै जनप्रतिनिधि विक्रम गुरुङले सु–शान्त टोलको क्रियाशिलताको अन्य टोलले समेत अनुसरण गर्नुपर्ने बताए । उनले उक्त टोलका लागि विकास निमार्णका लागि बजेट समेत विनियोजन गरेको सुनाउँदै वडाको नजिकको सहयोगिको रुपमा हेर्दै आएको सुनाए । त्यहाँ बाटो नामाकरणको विषय ठूलो समस्या रहेको र त्यसको सहजीकरणका लागि वडाले पहल गरिरहेको सुनाए । उनले वडा भित्रका सबै संघ संस्थाकोको लागि व्यक्तिगत रुपमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सोही क्रममा टोल विकास संस्थाका अध्यक्ष मिन बहादुर रानाभाटले टोललाई क्रियाशिल बनाउन युवा, आमा समूहदेखी वृद्धसम्म सबैको साथ र सहयोग रहेको बताए । आगामी दिनमा समेत टोलको विकासका लागि टोलवासि यसरीनै एक भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

सचिव महेश पौडेलले सञ्चालन गरेको कार्यक्रममा सु–शान्त आमा समूहका अध्यक्ष पवित्रा थापा रेग्मी, सुशान्त क्लबका अध्यक्ष टिकाराम पौडेल लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->