सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जनयुद्व दिवसमा ताराखोलामा सार्वजनिक बिदा

जनयुद्व दिवसमा ताराखोलामा सार्वजनिक बिदा


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०८१, मंगलबार

बागलुङ/जिल्लाको ताराखोला गाउँपालिकाले जनयुद्व दिवशको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबारको कार्यपालिका बैठकले पालिकाभित्रका सबै निकायमा बिदा दिने निर्णय गरेको हो ।
ताराखोलाले यसअघिका वर्ष पनि जनयुद्व दिवश मनाउने गरेको थियो । उक्त दिन सार्वजनिक बिदा दिंदै आएको छ । यो वर्ष पनि गाउँपालिका, सबै वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य र सहकारी संस्थाहरुमा पनि बिदा दिन पत्राचार समेत गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल बिकद्वारा जारी सूचनामा उक्त जानकारी गराइएको हो ।
ताराखोला सशष्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित स्थान हो । गाउँपालिकाभित्र २५ जनाबढी सहिद छन् भने अझै पनि बेपत्ता र घाइतेहरुको लामो सूची छ । उनीहरुको सम्मानमा सप्ताह मनाएर स्मरण गर्ने ताराखोलाले चलन छ । स्थानीय तहको निर्वाचनमा पनि ताराखोलामा माओवादीले जित्दै आएको छ । यहाँ सूचिकृत सबै सहिदहरु माओवादी कार्यकर्ताहरु हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->