सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निसीखोलामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

निसीखोलामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०८१, शनिबार

बागलुङ/जिल्लाको निसीखोला गाउँपालिकामा सवारी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार दिउँसो मध्यपहाडी लोकमार्गको रुकुम पूर्वबाट ढोरपाटन नगरपालिकाको बुर्तिङतर्फ आउँदै गरेको ग १ क ६१८९ को ट्रिपर निसीखोला गाउँपालिका वडा नं. ६ लामिडाँडामा दुर्घटना हुँदा गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नं. ३ का अन्दाजी ४७ वर्षिय चालक कृष्ण कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए ।
दुर्घटनाग्रस्त टिपर सडकदेखी अन्दाजी २ सय मिटर तल खसको शर्माले बताए । दुर्घटना भएको खबर पाएलगत्तै प्रहरी चौकी निसी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटना के कसरी भयो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->