सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निसीखोलामा वृद्वा मृत फेला

निसीखोलामा वृद्वा मृत फेला


  • अनिष पाठक
  • फाल्गुन ८ २०८१, बिहिबार

बागलुङ/जिल्लाको निसीखोला गाउँपालिका वडा नं. १ देविस्थानस्थित निसीखोलाको बाँधमा एक वृद्वा मृत फेला परेकी छन् । बिहिबार सोही निसीखोला १ लेवाङ निवासी ८० वर्षिय रुपी विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
खोलामा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । माघ २५ गतेदेखि हराइरहनुभएकी विकको शव आज निसीखोलामा फेला परेको हो । विक बेपत्ता भएपछि गत आइतर प्रहरी कार्यालयमा हुलियासहित निवेदन दिएपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतको टोली खोजीकार्यमा परिचालन भएको थियो ।
शव गलिसकेको अवस्थामा रहेका पोष्टमार्टमका लागि बुर्तिवाङमा अस्पतालमा राखिाएको र घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->