पोखरा नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा ओमानलाई १० रनले हराएको छ । सोमबार ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रनमात्रै बनाउन सक्यो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर २८० रन बनाएको थियो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८० रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ६९ रन जोडे। देव खनालले ५७ र इशान पाण्डेले २९ रन बनाए।
ओमानका शाह फैसलले पाँच विकेट लिए भने जय ओडेड्राले तीन विकेट हात पारे।
ओमानका जतिन्दर सिंहले सर्वाधिक ८९ रन बनाए। अर्का हम्माद मिर्जाले ८७ रन बनाए भने हसनैन शाहले नटआउट रही ४० रन जोडे ।
नेपालले लिग–२ को आफ्नो अन्तिम खेलमा महत्त्वपूर्ण जित निकालेको हो। योसँगै नेपाल लि २ मा ३६ वटा खेल खेलेर ३० अंकसहित छैटौं स्थानमा छ।





