पोखरा/नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको २५ रजत जयन्ती तीन दिन विशेष कार्यक्रम आयोजना गरेर मनाइएको छ ।
जत जयन्ती मूल समारोहमा २५ औं वर्षसम्म निरन्तर कलेजको व्यवस्थापकिय नेतृत्वमा रहेर काम गरेका अध्यक्ष अशोक पालिखेलाई सरप्राइज अवार्ड प्रदान गरिएको छ ।
यस्तै कलेज स्थापनाकालदेखि हालसम्म निरन्तर क्रियाशिल रहेका बोर्ड सदस्य जयराम हमाल, कर्म गुरुङ, नारायणप्रसाद द्वा, विनोद वैद्य एवं कलेजमा बिगत २०, २५ वर्षदेखि विभिन्न पदमा रहेर काम गरेका शिक्षक तथा कर्मचारी र ४ जीपीए ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको छ ।
समारोहमा बीएचएम कोअर्डिनेटर जोक बहादुर थापा, सुरक्षा गार्ड दील बहादुर गुरुङ, स्टोरकिपर बुद्धि बहादुर गुरुङ, यातायात इन्चार्ज कृष्णप्रसाल अधिकारी, सहयोगि भीमकला विक, म्याथ टिचर अर्जुन अधिकारी, दीलकुमारी घर्ती मगर, लाइब्रेरी इन्चार्ज भरत खबास, श्रीप्रसाद परियार र वर्षको उत्कृष्ट कर्मचारीको अवार्डबाट कर्ण बहादुर खड्कालाई सम्मान गरियो । यस्तै ४ जिपिए ल्याउन सफल विद्यार्थी वर्षा पाङ्गी मगरलाई सम्मान गरियो ।





