पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट स्वास्थ्योपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले पाँच दिनदेखि पोखराको महेन्द्रपुलस्थित ओम हस्पिटलमा उपचार गराएका उनलाई सोमबार डिस्चार्ज गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा. सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीको निगरानीमा उनको उपचार भएको थियो । प्रदेश प्रमुख भट्टले गुणस्तरीय स्वास्थ्य सेवाका लागि हस्पिटल व्यवस्थापनका साथै उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् । यसैबीच, अस्पतालले एक विज्ञप्ति जारी गर्दै धन्यवादसहित स्वास्थ्यलाभको कामना गरेको छ । अस्पतालका प्रबन्ध निर्देशक प्रा.डा. देवकुमार थापा, प्रा.डा अर्जुन आचार्य र डा. सि.पी. आचार्यले प्रदेश प्रमुखले अस्पतालको चिकित्सक टोलीलाई विश्वास गरी स्वास्थ्य सेवा लिएकोमा आभार व्यक्त गरेका छन् । साथै आफ्नै प्रदेशभित्रका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई विश्वास गर्ने कामले भविष्यमा यस प्रदेशमा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको उच्च मनोबल बढ्ने तथा साधारण उपचारका लागि पनि अन्यत्र दौडने प्रवृत्ति भविष्यमा कमी आउनेमा विश्वास गरेका छन् । गर्दछौं ।’





