बागलुङ/नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३८ औं वार्षिकोत्सवको अबसरमा मानव सेवा आश्रम बागलुङमा सहयोग गरिएको छ । कम्पनीको बागलुङ शाखाका प्रमुख तथा प्रतिनिधिहरु पुगेर मानवसेवा आश्रममा रहेका असहाय नागरिकलाई भोजन सेवा प्रदान गरिएको शाखा प्रमुख अमित खनालले जानकारी दिए ।
आश्रममा रहेकालाई खाना खुवाउन चाहिने ९ हजार ३ सय रुपैयाँ र स्टाफबाट थप १ हजार ५० रुपैयाँ संकलन गरी १० हजार ३ सय ५० रुपैयाँ सहयोग गरिएको खनालले जानकारी दिए । इन्स्योरेन्सले दिवशको अबसरमा अन्य सामाजिक सेवाका काम पनि गर्ने बताइएको छ ।





