पोखरा/पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यलयले कृषकहरुलाई लहरे बालीको बीउ बितरण गरेको छ । महानगरपालिका वडा नम्बर ३१ को कृषि संजालमार्फत् वडाभित्र रहेका किसानहरुलाई लहरे तरकारी बालीको बिउ हस्तान्तरण हो ।
कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा आमा समूह, टोल बिकास संस्था र कृषि समूहलाई लहरे तरकारी बालीको बीउ हस्तान्तरण गरिएको कृषि संजाल पोखरा– ३१ का अध्यक्ष केशवराज तिवारीले जानकारी दिए ।
उनका अनुसार न्यू नारायणी जातको घिरौला, भक्तपुरे लोकल कॉक्रो, पाली जातको करेला, डबल हार्भेष्टको तुने बोडी, प्रकासे बोडी, घ्यू सीमी, लौका, र भिन्डी गरी १ लाख ५० हजार बराबरको बीउ वितरण गरिएको छ ।
बीउ हस्तान्तरण कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कडेलले किसानको जीवनस्तर उकास्नको लागि र जीििवकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यकासाथ बीउ बितरण गरिएको बताए ।





