सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

कोटीहोम रोक्न नपाइने भन्दै पोखरा महानगरपालिकामा धर्ना, सोमबार जिल्ला प्रशासनमा वार्ता हुँदै

कोटीहोम रोक्न नपाइने भन्दै पोखरा महानगरपालिकामा धर्ना, सोमबार जिल्ला प्रशासनमा वार्ता हुँदै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८१, आइतबार

पोखरा/ कोटीहोम महायज्ञ रोक्ने पोखरा महानगरपालिकाको कदमबिरुद्ध आइतबार पोखरामा रहेका विभिन्न धार्मिक संघसंस्थाले पोखरा महानगरपालिकाको कार्यालय अगाडी धर्ना दिएका छन् । कोटीहोम रोक्न पोखराका मेयर धनराज आचार्यले देखाएको रवैयाको बिरोधसहित धर्ना गरिएको हो ।

विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश समिति, जिल्ला शाखा कास्की, संस्कृत युवा मञ्च कास्की, मातृशक्ति विभाग गण्डकी प्रदेश लगायत संस्थाहरुले संयुक्त रुपमा धर्नाको कार्यक्रम गरेका हुन् । विहान ९ बजे देखि सुरु भएको धर्ना कार्यक्रम १०ः३० सम्म चलेको थियो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले सोमबार वार्तामा बोलाएपछि डेढघन्टापछि आइतबारको धर्ना कार्यक्रम स्थगीत गरिएको थियो । सोमबार जिल्ला प्रशासन कार्यालय कास्की, महानगरपालिका र कोटिहोमको आयोजक श्री मानव सेवा फाउण्डेसन नेपाल वीचमा त्रिपक्षिय बैठक बस्दै छ । बैठकले पनि कोटिहोम महायज्ञलाई एउटा मार्ग प्रसस्त गर्न नसकेको खण्डमा आज स्थगीत गरिएको विरोधको कार्यक्रमलाई मंगलबारदेखि पुनः आन्दोलनको कार्य सुरु गर्ने अन्तराष्ट्रिय हिन्दु परिषदका केन्द्रिय अध्यक्ष शंखर खरालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->