सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा र सट्टावाजी गर्ने ५ जना पक्राउ

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा र सट्टावाजी गर्ने ५ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८१, आइतबार

पोखरा/ कास्की प्रहरीले क्रिप्टोकरेन्सी कारोवार, अनलाईन जुवा र सट्टावाजी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट विभिन्न ईलेक्ट्रोनिक डिभाईसहरुसमेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माका अनुसार पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–३ घर भई हाल पोखरा–१४ अनुपम मार्ग बस्ने ३१ वर्षीय रुपेन्द्र जिसी, म्याग्दीको बेनी नगरपालिका–५ स्थायी घर भई हाल पोखरा–१४ हवेलीमार्ग बस्ने ३३ वर्षका बिक्रम बानियाँ छन् ।

यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिका–२ घर भइ पोखराको अनुपम मार्गमा बस्ने १९ वर्षका रोजन केसी, म्याग्दीकै बेनी–२ स्थायी घर भई अनुपम मार्गमा बस्ने २२ वर्षीय सज्जन घिमिरे र म्याग्दी रघुगंगा–२ स्थायी ठेगना भई पोखराको चाउथेमा बस्ने २८ वर्षका सन्दीप कटुवाल रहेका छन् । पक्राउ परेका मध्ये रुपेन्द्र्र आइटी इन्जिनियरमा पिएचडी गर्दैै छन् । उनी १० वर्ष अमेरिका बसेर एक महिना अघिमात्रै छुट्टीमा आएका थिए । यसैगरी बानियाँको पोखराको चिप्लेढुंगामा फेन्सी पसल रहेको, केसी ब्याचलर दोस्रो वर्षमा अध्ययनरत रहेको, घिमिरे पनि ब्याचलर चौथो वर्षमा पढ्दै गरेको र कटुवाल एक कन्सल्टेन्सीका संचालक हुन । बानियाँ र घिमिरे रुपेन्द्रको फुपुका छोरा, केसी रुपेन्द्रको सानी आमाको छोरा र कटुवाल रुपेन्द्रको बहिनी ज्याई रहेका छन् ।

रुपेन्द्र जिसीको साढे ३ तलाको घरबाट क्रिप्टोकरेन्सी कारोवार, अनलाईन जुवा र सट्टावाजीजस्ता शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा नेपाल प्रहरीको प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलिको कमान्डमा खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरुले आफन्तको नाममा विभिन्न बैंकहरुमा खाता खोली कारोवार गरेको खुलेको छ । ह्वाट्स एप, टेलिग्राम, क्यासएपलगायत एप्समार्फत तत्काल उपलब्ध डिटेल्स अनुसार ग्याम्बलिङ अन्तर्गत १५ करोड र अभौतिक मुद्रा १५ करोड गरी ३० करोड कारोवार देखिएको कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलनमा जनाएको छ । उनीहरुले दैनिक ३ सिफ्ट खेलाउने, कम्तीमा एक सिफ्६को ३ हजार अमेरिकी डलरको दरले अनलाइन ग्याम्बलिङ गराउने गरेको प्रहरीको भनाई छ । पक्राउ परेकाहरुलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  पक्राउ परेकाहरुबाट ३१ थान मोबाइल, कम्प्युटर मनिटर २, सिपीयु ३, ल्यापटप ४, आइप्याड १, राउटर ४, पेनड्राइभ ३, हार्डडिस्क १, नगद ७२ हजार सहित विभिन्न सामान पनि बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->