सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बिमा रकम दावी गर्न आफ्नै पसलमा आगो लगाउने पक्राउ

बिमा रकम दावी गर्न आफ्नै पसलमा आगो लगाउने पक्राउ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८१, आइतबार

पोखरा/ कास्की प्रहरीले बिमा रकम दावी गर्ने दुषित मनसायका साथ आफ्नै पसलमा आगो लगाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थायी घर भई हाल पोखरा–२७ तालचोक बस्ने बस्ने २८ वर्षीय रमेश शर्मा लोहार रहेका छन् ।

कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माका अनुसार लोहारको पोखरा–८ न्यूरोडस्थित शर्मा आइटी हवमा यही फागुन १६ गते साँझ सात बजेतिर आगो लागेको थियो । आगलागीबाट ९४ लाख रुपैयाँ बराबरको क्षति भएको भन्दै लोहारले वडा प्रहरी कार्यालय बैदाममा त्यसको भोलिपल्टै निवेदन दिएका थिए । उनले आफ्नो पसलको एक करोड बराबरको बिमा पनि गरेका थिए । घटनाको ३ दिनपछि लोहारले शिखर इन्स्योरेन्स कम्पनीमा मोबाइल चार्जमा राखेर वासरुम गई फर्किदाँ केही पड्किएको आवाज आई हेर्दा आगोलागी भएको भन्ने व्यहोरासहित बिमा रकम दावीका लागि निवेदन पनि दिएका थिए ।

आगोलागी पछि अनुसन्धान गर्दा प्रहरीले पसलमा २ जना कामदार रहेकोमा दुवैजना घटनाको दिन बिदामा रहेको, पसल घटनाको २ दिन अघिदेखि बन्द रहेको पत्ता लगायो । साथै घटनास्थलको प्रकृतिको अध्ययन, घटनास्थलबाट म्यानुअल्ली र डिजीटल्ली दुवै प्रकारबाट आगोलागी भएको घटनाको बारेमा विभिन्न सबुद प्रमाण संकलन गरेको, लोहारको तालचोकस्थित पसलको पनि अनुसन्धान पछि प्रहरीले बिमा रकमकै लोभमा लोहार आफैले पसलमा आगो लगाएको निष्कर्षमा पुगेर पक्राउ गरेको हो । लोहारलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रब सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी शर्माले बताए । लोहारको तालचोकमा पनि शर्मा आइटी सोलुशन नामको पसल ५ वर्षदेखि संचालनमा रहेको र त्यहाँ ६ जना कामदार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->