सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सिलिङ्गेमा ४० फिट अग्लो शिवलिङ्गको शिलान्यास

सिलिङ्गेमा ४० फिट अग्लो शिवलिङ्गको शिलान्यास


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८१, मंगलबार

पोखरा/पोखरा महानगरपालिका २६ को सिलिङ्गेमा ४० फिट अग्लो शिवलिङ्गको निर्माण हुने भएको छ ।
शिवलिङ्गको सोमबार पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले शिलन्यास गरे । एक करोड २० लाखको लागतमा निर्माण हुने योजनाका लागि चालु वर्षमा वडा मार्फत् महानगरले ५० लाख रुपैया विनियोजन गरेको छ ।
अध्यक्ष थापाका अनुसार जटाशंकर धार्मिक विकास समितिमार्फत्शिललिङ्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ । सम्पूर्ण निर्माणका लागि नौ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश डा. आनन्दमोहन भट्टराईलेस्थानीय सरकारले धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिएकोमा खुसी जताए । शिक्षाविद् रविप्रसाद बरालले धार्मिक कार्यहरु व्यापारका लागि गर्न नहुनेमा जोड दिए ।जटाशंकर धार्मिक विकास समितिका अध्यक्ष युवा पण्डित रामप्रसाद सिग्देलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।े ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->