सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अस्पतालको शैय्याबाट उपचारमा सहयोगको याचना

अस्पतालको शैय्याबाट उपचारमा सहयोगको याचना


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २८ २०८१, बुधबार

बागलुङ/लामो समयदेखी स्वासप्रस्वासको समस्याले ग्रसित भई उपचार गराउँदै आएका यहाँका एक मजदुरले सहयोगको याचना गरेका छन् । ज्यालामजदुरीबाट दैनिकी गुजारा चलाउँदै आएका बागलुङको गलकोट नगरपालिका ११ का फरक बहादुर श्रीसले उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल गरेका छन् ।
परिवारमा एक सानो छोराबाहेक अरु नभएको र आर्थिक अवस्था अत्यन्त न्युन भएका श्रीसले आर्थिक सहयोग गरी जीवन बचाईदिन सरोकारवालासंग याचना गरेका हुन् । श्रीसको फोक्सोमा हावा भरिएको र उपचारका लागि काठमाण्डौं जान धौलागिरी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले सल्लाह दिएपनि खर्चको जोहो गर्न नसकेको श्रीसका सहयोगी भरत यादवले दुखेसो सुनाए ।
माओवादी केन्द्र निकट मजदुर संगठनका नेता समेत रहेका श्रीसले आफ्नो उपचारका लागि पार्टीले समेत बेवास्ता गरेको गुनासो गरे । सहयोगका लागि यहाँबाट निर्वाचित माओवादी सांसद र पार्टी नेतृत्वलाई पटक पटक आग्रह गर्दा पनि कतैबाट केही सहयोग नगरेको दुखेसो पोखे ।
श्रीसको परिवारमा १३ वर्षे छोराबाहेक अरु कोही नभएकोले अस्पतालमा आफुले रेखदेख गर्दै आएको यादवले बताए । अत्यन्त जोखिमपुर्ण काम गर्दै आएका हामी मजदुरहरु बिरामी पर्दा सहयोग गर्ने कोही भेटिन्न, अहिले उहाँको उपचारका लागि काठमाण्डौं पुर्याउनेसम्म खर्च नभएपछि म अगाडी सरेर सहयोग गरिदिन आग्रह गरेको हुँ, यादवले भने । श्रीसको फोक्सोमा हावा भरिएकाले थप उपचारका लागि काठमाण्डौं पुग्नुपर्ने उपचारमा संलग्न धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->