सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

घरघरमा प्रहरी अभियान सुरु

घरघरमा प्रहरी अभियान सुरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २८ २०८१, बुधबार

पोखरा/नेपाल प्रहरी ल्याएको ‘घरघरमा प्रहरी’ अभियान कास्कीको लेखनाथबाट सुरु गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ गतेसम्म, मादी गाउपालिका र रुपा गाउपालिकालाई कार्यक्षेत्र बनाएको इलाका प्रहरी कार्यालय शिशुवाको पहलमा सो अभियान सुरु भएको हो । कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले घरघरमा प्रहरी अभियान सुरु गरेका हुन् ।
कुनै पनि शंकास्पद गतिविधि देखेमा वा थाहा भएमा साथै सुरक्षासम्बन्धी कुनै पनि समस्या परेमा प्रहरीलाई सम्झनु भन्ने स्टीकर बनाएर आफनो कार्यक्षेत्रका सवै घर धुरीहरुमा टाँस्ने अभियानले जनतामा शान्ति सुरक्षको महशुस हुने र अन्यायमा परेकाले न्याय पाउने विश्वास लिइएको छ ।
अभियानको शुभारम्भ गर्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले ग्रामीण क्षेत्रमा प्रहरीको पहुँच सहज रुपमा पु¥याउनका लागि र अन्यायमा परेर पनि समस्यालाई बाहिर ल्याउन नसेका पीडितहरुको पक्षमा काम गर्ने गरी अभियान संचालन गरेको बताए ।
इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख प्रहरीनायव उपरीक्षक श्रवणकुमार विकले शान्ति सुरक्षाका क्षेत्रमा भएका कामका वारेमा प्रकाश पार्दैपीडितले न्याय नपाउँदासम्म प्रहरीलाई पनि पिडा भइरहने भएकाले प्रहरीले शान्त समाजको परिकल्पना गर्दै यो कार्यक्रम सुरु गरेको बताए ।
पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले समाजमा घट्ने घटनाको जिम्मेवारी प्रहरी र जनप्रतिनिधीले मात्र लिनुपर्ने सोचलाई त्याग्नुपर्ने बताए ।
सामुदायिक सेवा केन्द्र लेखनाथकी अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, पूर्वप्रहरी लेखनाथ इकाइका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेना अभियानले गुनासो सुन्ने समस्या सुल्झाउने उद्देश्य राख्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->