सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘फागु गीत’सहित होली मनाइयो

‘फागु गीत’सहित होली मनाइयो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०८१, बिहिबार

बागलुङ/नेपाल भाषा मंकाखल बागलुङको आयोजनामा होली पर्व मनाइएको छ । काठमाण्डौ उपत्यकाबाट बसाइ सरेर बागलुङमा आएका नेवारहरुले ‘फागु गीत’ गाउ“दै होली मनाउन थालेको तीन सय बर्ष भयो । यो बर्षपनि उनीहरुले यो गीतको निरन्तरता दिएका हुन् ।
होलीकाको बध गरेको स्मरणमा कालीका मन्दिरमा बली चढाएर फर्केपछि फागु गीत गाउँदै बजार परिक्रमा गर्ने र भोज खाने चलन छ । त्यसपछि उनीहरु समूहमा मिलेर यहाँको देउराली चोकमा भेला हुन्छन् । ‘शक्तीपिठलाई बली चढाएपछि अनिष्ट हुँदैन भन्ने पुरानो चलन हो’ नेपाल भाषा मंकाखलका पूर्व अध्यक्ष काजी गाउँले श्रेष्ठले भने, ‘फागु गीत धेरैले गाउँछन्, बसन्त राग बिर्सन थाले ।’ पाका पुरानाले सम्झाउने काम भने भएको उनले बताए ।

मज्जाको फागुन जानैमा लाग्यो,धड्कन लाग्यो छाती हो…..
औंला काटी कलम बनाए, रगतकी मसिया बनाए
यही हो, हाई हाई रगतकी मसिया बनाए सखिया…..

लगायतको गीत गाएर रमाइलो गर्दै नेवार समुदायले होलीलाई रौनकता दिएका हुन् । नेवारहरु उपत्यकाबाट बसाई सरेर आएको ईतिहास छ । होलीकाको वधको खुसीयालीमा मनाइएको पर्व भएपनि नेवारहरुले खुसी सँगै शक्तीपिठ पूजा गरेपछि होली मनाएको कथा जोडेका छन् ।
चोकचोकमा पुगेर सबैलाई रंग दलेर शुभकामना बाँड्नेले नारायण चोकमा भोज खानपनि निम्तो दिन्छन् । वली दिएको बोका सहित कुखुरा, राँगो लगायतको मासु छुट्टाछुट्टै पकाएर पाहुनालाई खुवाउने चलन छ । यो परंपरा संरक्षणका लागि प्रयास गरेको नेपाल भाषा मंकाखल बागलुङका अध्यक्ष जयराम भारीले बताए ।
बागलुङमा भारी, राजभण्डारी, शाक्य, मलेपति र श्रेष्ठ जातका नेवारहरु छन् । उनीहरुले धेरै जसो चाड संयुक्त रुपमा मनाउँदै आएका छन् ।

पत्रकार महासंघको होली
नेपाल पत्रकार महासंघ, बागलुङले पनि होली बिशेष कार्यक्रम गरेको छ । महासंघ कार्यालयमा आयोजित अनौपचारिक कार्यक्रममा पत्रकारहरुले शुभकामना आदानप्रदान गरेका थिए ।
महासंघका अध्यक्ष राम थापा अविरलको नेतृत्वमा जम्मा भएका पत्रकारले गीतसंगीत मार्फत रमाइलो गर्दै होली मनाएका हुन् । ‘धेरै संस्थाहरुमा संस्थागत होली मनाउने गरेकोले महासंघमा पनि सामुहिक मनाउन लागिएको हो’ अध्यक्ष राम थापा अविरलले भने, ‘यो कार्यक्रमले आपसी सदभाव बढाउने छ ।’
औपचारिक कार्यक्रम मात्र नभइ अनौपचारिक कार्यक्रम पनि सामुहिक रुपमा संचालन गर्ने संस्कृतिकालागि यो बर्ष कार्यक्रम गरिएको उनले जानकारी दिए । कार्यक्रममा पूर्व अध्यक्ष, उपलब्ध भएका वर्तमान कार्यसमितिका पदाधिकारी सदस्य र क्रियाशिल पत्रकारहरु सहभािग थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->