सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०८१, शुक्रबार

पोखरा/ प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुराम आचार्यको परिवार भने चौतारी संरक्षणमा जुटेका छन्। लामाचौर निवासी नेपाल सरकारका पूर्वसचिव एवं प्रशासनविज्ञ आचार्य र उहाँका छोरा राजेशले पोखरा–१९ घार्मीस्थित ओमकारेश्वर महादेव मन्दिर परिसरमा वर, पिपल र समी सहितको चौतारी निर्माण गरिदिएका छन्। त्यहाँ पुग्ने भक्तजन र पर्यटकलाई सुविधा पुग्ने र धार्मिक कार्यका लागि महत्वपूर्ण मानिने वोट विरुवाको संरक्षण गर्ने उद्देश्यले चौतारी निर्माण गरिएको आचार्यले बताए ।

९ वर्ष अघिको सोंच अहिले आएर पुरा भएको छोरा राजेशले बताए। नवनिर्मित चौतारीको धार्मिक परम्परा अनुसार विधिपुर्वक प्रतिष्ठा गरिएको छ। नेपाल सरकारका पुर्व सचिव आचार्य, कान्ती आचार्य, राजेश आचार्य र शोभा आचार्य सहित उनको परिवारले चौतारीको प्रतिष्ठा गरेका थिए । करिव ५ लाख रुपैयाको लागतमा वर, पिपल र सम्मी सहितको आर्कषक चौतारी निर्माण गरिएको हो । पुरोहित सहित राखेर गरिएको कार्यक्रममा सहभागिले आचार्य परिवारको कार्य ऐतिहासिक र प्राचिन चौतारी र बोट विरुवा संरक्षणमा महत्वपुर्ण रहेको बताएका थिए। आचार्यले मन्दिरको विकास र संरक्षणमा थप सहयोग गर्न आफूहरु तयार रहेको बताउँदै, नयाँ पुस्तालाई चौतारी संरक्षणमा लाग्न आग्रह गरे। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले आचार्य परिवारले गरेको कार्य उल्लेखनीय रहेको भन्दै प्रशंसा गरे । धार्मिक कार्यका नाममा वर, पिपल र सम्मीका रुख मास्ने कार्य भएकोमा चिन्ता व्यक्त गर्दै आचार्य परिवारले यसको संरक्षण गर्न मन्दिर समिति समक्ष आग्रह गरेका छन् । चौतारी निर्माणमा मन्दिर समितिका कोषध्यक्ष तेजेन्द्र पौडेल, पुर्व कोषाध्यक्ष नन्दराज दाहाल, समाजसेवी झपेन्द्र पौडेलले सहजीकरण गरेका थिए । पोखरा सहित माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलालाई नजिकैबाट नियाल्न सकिने सो परिसरमा मन्दिर तथा चौतारी संरक्षणका लागि विभिन्न विकास निर्माणका कार्यहरू भईरहेका छन्।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->