सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

शिद्धेश्वर योग ध्यान केन्द्रले स्थापना दिवस मनायो

शिद्धेश्वर योग ध्यान केन्द्रले स्थापना दिवस मनायो


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०८१, शुक्रबार

लेखनाथ/पोखरा महानगरपालिका वडा नं २६ को सक्नेरीमा स्थापना गरिएको शिद्धेश्वर योग ध्यान केन्द्रले शुक्रवार आफनो प्रथम स्थापना दिवस मनाएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्रि खगराज अधिकारीले योग र ध्यानले शरिर र मनलाई मिलाउने भएकाले नियमित रुपमा साधाना गर्ने ब्यत्ति निरोगी र लामो आयु हुने कुरा पुष्टी भएको बताएका थिए ।
मनै देखि गरिने जुन सुकै कामले पनि सफलता पाएको प्रशंग उठाउदै नेता अधिकारीले नकारात्मक विचारले अध्यारो र सकरात्मक विचारले उज्यालो तर्फ लाने भएकाले आफनो जिवन,घर परिवार र सिङगो समाज परिवर्तनका लागि योग र ध्यान अनिवार्य भएको धारणा राखेका थिए ।
सोही अवसरमा योग गुरु विश्वराज अधिकारीले योग,ध्यान र साधनाले मनिसलाई निरोगी,शान्त र सुखी परिवार निर्माणमा सहयोग पु¥याउने विश्वास दिलाएका थिए ।
शिद्धेश्वर योग ध्यान केन्द्रकी अध्यक्ष मना वरालको अध्यक्षतामा भएको कार्यक्रममा लोक सास्कृतीक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेना र उज्ज्वल आमा समुहकी अध्यक्ष सरस्वती गौतमले योगले सकरात्मक उर्जा दिने विचार राखेका थिए ।
योग ध्यान केन्द्रका सह प्रशिक्षक राजेन्द्र प्रसाद रानाभाटले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन लोक सास्कृतीक संरक्षण समितिका सचिव कृष्ण प्रसाद अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->