सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पूर्वविशिष्टको सेवा बढाउने पक्षमा कांग्रेस छैन, कांग्रेसमाथि आक्रमण गर्ने औजार बनाइयो : कांग्रेस प्रवक्ता महत

पूर्वविशिष्टको सेवा बढाउने पक्षमा कांग्रेस छैन, कांग्रेसमाथि आक्रमण गर्ने औजार बनाइयो : कांग्रेस प्रवक्ता महत


  • ढोरपाटन संवाददाता
  • चैत्र २ २०८१, शनिबार

पोखरा÷नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पूर्व विशिष्ट पदाधिकारीको सुविधा बढाउने पक्षमा कांग्रेस नरहेको बताएका छन् । उनले अहिले कांग्रेसमाथि आक्रमण गर्ने हिसाबले पूर्वविशिष्टको सेवा सुविधा दिने विषयमा अनावश्यक हल्ला फैलिएको सुनाउँदै उनले यसको पक्षमा पार्टी नभएको सुनाए ।
शनिबार कांग्रेस केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभागले पोखरामा आयोजना गरेको राष्ट्र निर्माणमा युवाको योगदान तथ्यमा आधारित प्रचार अभियानमा बोल्दै प्रवक्ता महतले पूर्वविशिष्टको सुविधा बढाउने सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयमा सैद्धान्तिक छलफलमात्र भएको सुनाए । पूर्वविशिष्टको सुविधा बढाउने पक्षमा कांग्रेस छैन । यो कांग्रेसमाथि आक्रमण गर्न औजारको रुपमा मात्रै प्रयोग भएको छ । छलफलमा आएको विषय सबै स्वीकार्य हुन्छ भन्ने छैन’ उनले भने ।
सोही क्रममा उनले कार्यकर्ताहरूबाट आएका विभिन्न प्रश्नहरुको जवाफ दिदै कांग्रेसले आफ्नो परिचय दिदै आर्थिक रुपान्तरणको पक्षमा लाग्नुपर्नेमा जोड दिए । कांग्रेसले आफुले गरेका कार्यको प्रचार गर्न नसकेको र प्रचार विभागले समेत यसमा काम गर्न नसकेको उनले सुनाए । आफु अर्थमन्त्री हुँदा कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउनका लागि आयातित प्याजलगायत विषयमा भन्सार बढाउने र उत्पादनमा राज्यले अनुदान दिएर किसानलाई कर छुट दिने व्यवस्था ल्याउन लागे पनि त्यो सफल नभएको सनाए ।
‘बोल्नेको पिठो पनि विक्छ नबोल्नेको चामलपनि विक्दैन भनेझै अहिले कांग्रेसले आफ्नो गरेका कामको प्रचार गर्न सकिरहेको छैन् । यो कांग्रेसले आफ्नो दिन नसकेको परिचय हो । कम्युनिष्टले आयआर्जनको कुरामा अघि बढ्न चाहँदैन देशको बजेट जथाभावी विनियोजन भएको छ, प्राथमीकिकरण छैन’ उनले भने, ‘हामीले ल्याउने बजेट अहिले आम्दानी हुने किसिमको छैन । आम्दानी भए खर्च गर्न सकिन्छ त्यो अहिले छैन अर्को कुरा भनेको हामीले स्वदेशमै उत्पादन गर्न सकिने वस्तुहरु उत्पादनमा जोड दिनै पर्छ त्यसका लागि भारत वा अन्य राष्ट्रबाट आउने प्याजलगायत वस्तुमा भन्सार अधिक वृद्धि गरि निरुत्साहित गर्नुपर्छ ।’
उनले कृषि उत्पादनमा कृषकलाई अनुदान दिदै विदेशी लगानीलाई सुरुवातमा कर मुक्त बनाएमा स्व उत्पादन गर्न सकिने उनको भनाइ छ । यस्तै पार्टी आफ्नै सेवाका लागि नभइ देश र जनताको लागि हुनुपर्ने बताए । सत्तामा जाँदा खाली पार्टी सदस्यको लागि मात्रै गर्नु गम्भिर विषय रहेकाले पार्टी देश र जनताकै पक्षमा हुनुपर्नेमा जोड दिए ।
यस्तै पूर्वमन्त्री तथा केन्द्रीय सदस्य शंकर भण्डारीले पनि कांग्रेस पूर्वविशिष्टको सुविधा बढाउनेको विपक्षमा रहेको बताए । उनले अहिले लोकतन्त्र नभई छाडा तन्त्र भएको सुनाउँदै प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । पुर्व राजा ज्ञानेन्द्र लक्षित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलनको क्रममा मुर्ति चोर, भाइ र वंश मास्ने काम गरेको आरोप लगाएका थिए सोही विषयमा उनले आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री भएको व्यक्तिले त्यसरी बोल्नु नै गलत भएको सुनाए । उनले राजाले हिजो राजगद्दी त्याग गरेको आएको व्यक्ति भएको र उनले पनि चाहेमा अराजक शब्द बोल्न सक्ने भएपनि अनुसानमा बसेको बताए । ‘यो अत्यन्तै गम्भिर विषय हो, यहाँ नेताहरुले व्यक्त गर्ने शब्द र भाषाको पनि मर्यादाको अपेक्षा गरिन्छ तर, देखि रहेका छ हिजो मात्र मैले प्रचण्डको अभिव्यक्ति सुने मैले पनि गणतन्त्रलाई स्विकारेको छु जनताले चाहे राजतन्त्र व्यवस्था हुन्छ । कसैले रोकेर रोकिने वाला छैन त्यो जनको विश्वास र चाहनाको कुरा हो तर, प्रचण्डजस्तो पटक पटक प्रधानमन्त्री भएको व्यक्तिले जुन अभिव्यक्ति दिए त्यसप्रति घोर आपत्ति छ’ उनले भने, ‘यहाँ प्रचण्डको मात्र कुरा होइन देशका नेताले कुन शब्द बोले कुन पार्टीका नेताले के बोले भन्ने आफ्नो ठाउँमा छ तर, संसारले नेपालका पुर्व प्रशासकहरूले, पुर्व राज्य सञ्चालकहरुले कस्तो भाषा प्रयोग गरिरहेका छन र कस्तो भाषा बोलेका छन त्यो हेर्छ र त्यहि अनुसार हाम्रो देशलाई बुझ्छ । म कांग्रेसको नेताहरुलाई पनि अलि गम्भिर हुन आग्रह गर्दछु । त्यहि राजाको कुरा गर्दा आफ्नो राजगद्दी त्यागेको त होनी तर, उसले बोल्ने शब्दमा कहिँ त्यस्तो अराजकता छ ? उग्रता छ ? कुनै त्यस्तो किसिमको द्धन्द्धात्मक भाषा छ ? उसले पनि त बोल्न सक्छ होला नी बोल्ने अधिकार त छ भन्छौ नि हामीले ।’
कम्युनिष्टसँग मिल्नु पार्टीका लागि ठुलो समस्या हुने उनी सुनाउँछन् । अहिले पार्टीभित्र गुटको कारण भविष्यमा खतरा भएको समेत बताए । विधानअनुसार अधिवेशन हुनुपर्ने र गुटको नाममा आन्तरिक द्धन्द्ध अनुशासित हिन हुँदा योग्यता र क्षमता अनुसार नभइ जो बलियो छ त्यसैको आधारमा पार्टी अघि बढिरहेको उनले सुनाए । कार्यक्रममा कांग्रेसका विभिन्न नेताहरुले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->