सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा परिचयात्मक कार्यक्रम सम्पन्न

वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा परिचयात्मक कार्यक्रम सम्पन्न


  • ढोरपाटन संवाददाता
  • चैत्र ३ २०८१, आइतबार

बागलुङ/  चारतारे युवा क्लब (सिवाईसी) नेपाल, र बागलुङ नगरपालिका–९ तित्याङको साझेदारीमा वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम सञ्चालन पूर्व आयोजित सम्भाव्यता अध्ययन, परिचयात्मक कार्यक्रम तथा योजना तर्जुमा कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

तित्याङको गैरफाँट, ठुलस्वाँरा, कार्कीथर, पात्ले र गुनडाँडा क्षेत्रका समुदायको सहभागितामा सम्पन्न कार्यक्रममा स्थानीय स्तरका आवश्यकता, स्रोत–साधनको पहिचान र वातावरणमैत्री विकासका सम्भावनाहरूबारे छलफल गरिएको थियो । पर्यावरण संरक्षण, दिगो विकास र स्थानीय सीप तथा स्रोतको प्रभावकारी उपयोगमार्फत नमुना गाउँ विकासको खाका तयार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष राजु थापाले तित्याङको समग्र विकासका लागि सामूहिक प्रयास र सहकार्यको आवश्यकता रहेको विषयमा जोड दिए । कार्यक्रममा चारतारे युवा क्लब, सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले नमुना गाउँ विकास कार्यक्रमले स्थानीय समुदायलाई दिगो विकासको मार्गमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । पौडेलले यस कार्यक्रम मार्फत वातावरण संरक्षण, आर्थिक समृद्धि र सामाजिक एकताको माध्यमबाट समुदायको जीवनस्तर उकास्ने लक्ष्य राखिएको स्पष्ट परे । क्लबका कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीले नमुना गाउँ विकास कार्यक्रमको अवधारण, महत्व, समुदाय, वडा र संस्थाको भूमिका र आगामी कदमबारे प्रष्ट पारेका थिए ।

कार्यक्रममा सहभागीहरूले आफ्ना विचार र सुझाव राख्दै, कार्यक्रम सञ्चालन प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमका क्रममा योजनाको कार्यान्वयनका लागि स्थानीय सरकार, समुदाय र साझेदार संस्थाबीच थप समन्वय गर्नका लागि वातावरणमैत्री नमुना गाउँ विकास समन्वय समिति समेत गठन गरिएको छ ।
सिवाईसी नेपालले तित्याङमा ७ वटा कलष्टर निर्माण गरी वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा २ हजार भन्दा वढि सुन्तला तथा कागतीका विरुवा रोपण कार्यक्रम गरेको थियो भने यस आर्थिक वर्षमा करिव ५ हजार भन्दा वढि सुन्तला रोपण गर्ने योजना बनाएको छ । कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण खड्काको स्वागत र कार्यक्रम अधिकृत क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->