सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

वडाध्यक्ष सुवेदीले प्रहरीमा दिए आफुमाथि रड प्रहार गर्नेबिरुद्ध निवेदन

वडाध्यक्ष सुवेदीले प्रहरीमा दिए आफुमाथि रड प्रहार गर्नेबिरुद्ध निवेदन


  • ढोरपाटन संवाददाता
  • चैत्र ३ २०८१, आइतबार

पोखरा/ पोखरा महानगरपालिका– २१ का वडाध्यक्ष दीपक सुवेदीले स्थानीय भूपेन्द्र गिरीविरुद्व प्रहरीमा निवेदन दिएका छन् । सुवेदीले आफुलाई ज्यानै मार्ने गरी रड प्रहार गरिएकाले हदैसम्मको कारवाहीका माग गर्दै गिरीबिरुद्ध वडा प्रहरी कार्यालय बैदाममा आइतबार निवेदन दिएका हुन् ।

गिरीले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको संरचना हटाउन गएका बेला शनिवार वडाध्यक्ष सुवेदीलाई रड प्रहार गरेका थिए । वडाध्यक्षसंगै रहेका एकजना व्यक्तिले छेकेका कारण उक्त रडले सुवेदीलाई कुनै चोट भने लाग्न पाएन । ठूलो भूपेन्द्र भनेर चिनिने गिरीले सार्वजनिक जग्गा मिचेर ट्रस्ट बनाइरहेका थिए । त्यसलाई रोक्न आग्रह गर्दा अटेर गरेपछि वडाध्यक्ष सुवेदी नगर प्रहरी, टोल बिकास समिति र वडाका अन्य जनप्रतिनिधि र कर्मचारी लिएर शनिवार उक्त संरचना हटाउन गएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->