बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राजतन्त्रको कल्पना दिवा सपना: मन्त्री पाठक

राजतन्त्रको कल्पना दिवा सपना: मन्त्री पाठक


  • Dhorpatan News
  • चैत्र ४ २०८१, सोमबार

पर्वत/ गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नेपालमा अब राजतन्त्र आउछ भनेर हो हल्ला गर्नेहरुको केबल दिवा सपना मात्र रहेको बताएका छन ।

आइतबार पर्बत जिल्लाको मोदि गाउपालिकाको ८ औ स्थापना दिबसको अबसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै नेपालि जनताले लामो सङ्घर्ष र बलिदान बाट स्थापना गरिएको संघीय लोकतान्त्रीक गणतान्त्रीक ब्यबस्था बिरुद्द धावा बोल्न खोज्ने हरुलाइ राजतन्त्रले देशलाइ २ सय ५० वर्ष शासन गरेको र सो ब्यबस्थामा राजाहरूको निरंकुश शासन, भ्रष्टाचार, शासकीय विकृति र जनताको हक अधिकारको हननलाई एक पटक स्मरण गर्न र नेपालमा अब राजतन्त्र आउने कुरा कल्पना नगर्न समेत आह्वान गरेका छन।

मन्त्री पाठकले अहिलेको राज्य ब्यबस्थामा जनताका सबै हक अधिकार सुनिस्चित हुदै गएको र क्रमस देश बिकासले पनि गति लिएको तर केहि केहि कुरामा जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको स्विकार गर्दै यसलाइ सच्चाउदै जनअपेक्षित अनुसार कामगर्नु पर्ने कुरालाइ जोड दिए ।

मन्त्री पाठकले मोदि गाउपालिका मा पालिका स्तरको स्वास्थ्य केन्द्र नरहेकोमा दुख ब्यक्त गर्दै आगामि बजेटमा पालिका स्तरको स्वास्थ्य केन्द्र बनाउन आफुले पुर्ण सहयोग गर्ने र पालिकाले आबश्यक प्रकृया अघि बढाइ काम गर्न निर्देशन दिएका छन।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->