पोखरा/ नेकपा एमाले पोखरा–१७ को संङगठन विस्तारका लागि टोलकेन्द्रीत जरा अभियान जारी रहेको छ । वाराही टोल कमिटीमा सम्पन्न अभियानले विरेन्द्र राईको अध्यक्षतामा १४ सदस्यीय नयाँ कमिटी गठन गरेको छ ।
सो कमिटीको उपाध्यक्षमा रणवहादुर लामिछाने, सचिव अन्जना थापा, उपसचिवद्वयमा आशिष तामाङ र अजय परियार एवम् सदस्यहरुमा गोरी नेपाली, उर्मिला परियार, वमबहादुर घर्तीमगर, शेरवहादुर तामाङ, विकास राई, नरबहादुर दमाई, रेखबहादुर विक, गणेश मिजार, टोपाकुमारी थापा, रोहीत विक रहेका छन् ।
नवनिर्वाचित टोल कमिटीका पदाधिकारी एवम् सदस्यहरुलाई एमाले पोखरा १७ का वडाअध्यक्ष विक्रम गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । नेकपा एमाले गण्डकी प्रदेश सल्लाहकार परिषदका सदस्य शान्ता गुरुङले अभियानको उद्घाटन गर्दै जरा अभियानले पार्टीलाई जनतासंग जोड्न सहयोगी बन्ने विश्वास व्यक्त गरे । एमालेको स्पष्ट नीति, विचार र सिद्धान्तका आधारमा मुलुक र जनताको पक्षमा काम गर्दै आएको वताउँदै उनले मिसन ८४ अभियान पुरा गर्न नेता तथा पार्टी कार्यकर्ता संगठित भएर लाग्नुको विकल्प नभएको बताए । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिकाकुमारी शाही योगीले यस क्षेत्रको समग्र विकासमा वडा र पार्टीकोतर्पmबाट निरन्तर प्रयास भई रहेको बताउँदै अव्यवस्थित वसोवासीलाई जग्गाको मालिक बनाउने जिम्मेवारीका साथ काम अगाडि बढेको जनाइन् । एमाले वडा इन्चार्ज सुभाष ढुङगानाले पार्टी र जनप्रतिनिधि सहितको सामुहिक प्रयासबाट यस टोलमा खानेपानी, सडक, विद्युत, सडक जस्ता भौतिक पूर्वाधारले सम्पन्न भएको बताउँदै यस टोलका अधुरा काम पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । टोल कमिटी अध्यक्ष सरोज राईको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि विष्णुकुमारी थापा, सञ्चारकर्मी हरिप्रसाद बास्तोला, पोखरा १७ पार्टी उपाध्यक्ष रिता सुवेदी, निरज राना लगायतले अभियानको उदेश्य र आयआर्जनसंग जोडिनु पर्ने आवश्यकता माथि चर्चा गरेका थिए ।





