सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

जानकी माविलाई हरिहर मन्दिरको सहयोग

जानकी माविलाई हरिहर मन्दिरको सहयोग


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०८१, सोमबार

पोखरा/ पोखरा महानगरपालिका–१७ महतगौडामा रहेको जानकी माध्यामिक विद्यालयलाई सदाशिव हरिहर मन्दिर व्यवस्थापन समितिले आर्थिक सहयोग गरेको छ । धार्मिक क्षेत्रको आम्दानीबाट सो समितिले विद्यालयलाई २५ हजार ५५५ सहयोग गरेको हो ।

चैतको ७ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परिक्षालाई व्यवस्थित र मर्यादित वनाउने उदेश्यसाथ विद्यालयमा आयोजित स्थानीय संघसंस्था, सल्लाहकार सहितको बैठकमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र शर्मा भण्डारीले उक्त रकम बराबरको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङलाई हस्तान्तरण गरे । मन्दिर व्यवस्थापन समितिले गत माघे सक्रान्ति ढुङ्गेसाघु मेलाका अवसरमा भएको आम्दानीबाट केही रकम छुट्याएर विद्यालयलाई सहयोग गरिएको सो अवसरमा जनाइयो । मन्दिरले व्यापार व्यवस्थापन र भक्तजनबाट गरि ४ लाख भन्दाबढी आम्दानी गरेको अध्यक्ष शर्माले जनाए ।

सामुदायिक विद्यालय भौतिकरुपमा सम्पन्न भएपनि प्रशासनिक एवम् आन्तरिक खर्च व्यवस्थापन विभिन्न संघसंस्था तथा शिक्षाप्रेमी व्यक्तिहरुको सहयोग महत्वपूर्ण रहदै आएको प्रधानाध्यापक अर्जुन कडेलले बताए । विद्यालयमा हाल करीव ४ सय विद्यार्थी छन् । ४ सामुदायिक र ६ संस्थागत गरि १० वटा विद्यालयको एसईई परिक्षा केन्द्र रहेको जानकी माविको परिक्षालाई व्यवस्थित, भय रहित र मर्यादित बनाउन बैठकले सामुहिक प्रतिवद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->