सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धौलागिरीमा शान्तिपुर्ण मतदान

धौलागिरीमा शान्तिपुर्ण मतदान


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८१, मंगलबार

बागलुङ/ त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान भइरहेको छ । निर्वाचन समितिका अनुसार बिहान आठ बजेदेखि शान्तिपूर्ण वातावरण मतदान भैरहेको हो । बिहान ११ बजेसम्मको अपडेट अनुसार ३ सय जना बिद्यार्थीले मतदान गरिसकेका छन् ।

एक हजार ४ सय ७४ जना मतदाता रहेको क्याम्पसमा अधिकांश मत खस्ने आँकलन छ ।
स्वतन्त्र बिद्यार्थी युनियनको आगामि कार्यकालका लागि धौलागिरी बहुमुखी क्याम्पसकै इतिहाँसमा पहिलो पटक दुई जना महिला उमेद्वारको नेतृत्वमा दुई समुह चुनावी मैदानमा छन् । अखिल संयुक्त प्यानलबाट अस्मिन शेखको नेतृत्वमा बिद्यार्थीहरु चुनावी मैदानमा छन्भने नेपाल बिधार्थी संघबाट सृष्टि आचार्य नेतृत्वको प्यानल चुनावी मैदानमा छ । स्वतन्त्र उमेद्वारी दिएका दिपक सुवेदीले उमेद्वारी फिर्ताको समय गुज्रेपछि सृष्टि आचार्यलाई समर्थन गर्ने घोषणा गरेका थिए । उनको उमेद्वारी समेत कायम रहेकाले मत क्रसहुने आँकलन छ ।

यसअघीका निर्वाचन भन्दा आज भैरहेको मतदान सौहार्द रहेको निर्वमान क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बताए । पहिले पहिलेका निर्वाचनहरुमा जस्तो बिद्यार्थीहरुका बीचमा बिबाद गर्ने, झैझगडा गर्नेजस्ता समस्या नदेखिएको उनले बताए । चार वटा बुथ बनाएर प्रत्यक्ष र समानुपातीक प्रणालिका लागि मतदानको व्यवस्था मिलाईएको निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->