सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गलकोटमा अखिल क्रान्तिकारीको प्यानलै विजयी

गलकोटमा अखिल क्रान्तिकारीको प्यानलै विजयी

शान्तिदिप बहुमुखी क्याम्पस कुश्मीसेरामा नेविसंघकी बिपना परियार स्ववियु सभापतिमा निर्विरोध, धौलागिरि बहुमुखी क्याम्पसमा भने १ हजार ५९ मत खस्यो ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८१, मंगलबार

तस्बिर : बालकृष्ण सुवेदी

बागलुङ/मंगलबार भएको स्ववियु निर्वाचनमा गलकोट बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका प्रभात साहनी निर्वाचित भएका छन् । कुल खसेको १ सय ५८ मतमा सनहानीले ९९मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघकी रेनुका परियारले ५८ मत पाइन् । सचिवमा अखिल क्रान्तिकारीकै पवन बिकले ८५ र कोषाध्यक्षमा समृति बुढाथोकीले ८५मत ल्याएर बिजयी भइन् ।
यहाँ अखिल क्रान्तिकारीकै प्यानल बिजयी भयो । यस्तै, सदस्यहरुमा निकिता साहानी ९०, अजय केसी ८२ र प्रमिला विकले ८८ मत प्राप्त गर्दै विजयी भएका छन् । समानुपातिकमा पनि अखिल क्रान्तिकारीले ८३ र नेविसंघले ५१ मत पाए । अनेरास्ववियुले ४ र अखिल छैठौले १३ मत पाएका हुन् ।
यसैबीच कुश्मीसेराको शान्तिदिप बहुमुखी क्याम्पस कुश्मीसेरामा भने नेविसंघकी बिपना परियार स्ववियु सभापतिमा निर्विरोध भएकी छिन् । उनकै नेतृत्वमा ११ सदस्य रहेको कार्यसमिति नै निर्विरोध भएको हो ।
धौलागिरि बहुमुखी क्याम्पसमा भने १ हजार ५९ मत खसेको छ । दिउसो ४ बजेसम्म भएको मतदानपछि मतपेटिका संकलन गरिएको छ । राती अबेरसम्ममा मतपरिणाम आउने आंकलन छ । धौलागिरि बहुमुखी क्याम्पसमा सभापतिमा नेविसंघकी सृष्टी आचार्य र अखिल संयुक्तकी आस्मिन शेख बीच प्रतिस्पर्धा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->