सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ओली र मोदीविचको भेट भूराजनीतिमा नयाँ आयामः ज्ञवाली

ओली र मोदीविचको भेट भूराजनीतिमा नयाँ आयामः ज्ञवाली


  • तुफान गौतम
  • चैत्र २४ २०८१, आइतबार

काठमाडौं /नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बैंककमा भएको भेटले दुई देशविचको समबन्धमा नयाँ आयाम थपिएको बताएका छन् ।
नेकपा एमाले बागलुङ–काठमाडौं सम्पर्क मञ्चले आईतवार काठमाडौंमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा वोल्दै उपमहासचिव ज्ञवालीले बिम्स्टेक सम्मेलनमा भाग लिएर स्वदेश फर्किनु अगाडि बैंककमा दुई देशका प्रधानमन्त्रीविच भएको भेटघाटले राजनीतिमा नयाँ तरंग लिएको बताए ।
उपमहासचिव ज्ञवालीले भने, ‘हाम्रा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविच भएको एक्लाएक्लै भेटघाटले दुई देशको समबन्धमा नयाँ आयाम थपिएको छ । यसले बजार हल्लालाई समेत निस्तेज पारेको छ ।’
पार्टीले सञ्चालन गरेको जरा अभियान अन्तरगत आयोजित कार्यक्रममा ज्ञवालीले पार्टीलाई थप मजवुद बनाउन र मिसन २०८४लाई पुरा गर्न सम्पूर्ण शक्ति लाग्नुपर्ने बताए । ‘आफ्ना कमीकमजोरीलाई सच्याउदै पार्टीलाई एकतावद्ध र अनुशासित बनाउदै हामीले समाजवादको यात्रा पुरा गर्नुपर्नेछ’, उनले भने, ‘त्यसका लागि वडा केन्द्रित अभियानलाई सफलतापूर्वक समपन्न गर्नुपर्दछ । यही अभियान अन्तरगत नै अराजकता र निराशालाई चिर्दै पार्टी पंक्ति मात्रै होईन, जनतालाई नै उत्साहित बनाउनु पर्दछ ।’
कार्यक्रममा एमालेका केन्द्रिय सदस्य सुर्य पाठकले पार्टी निर्माणसंगै जनतासंग जोडिएर काम गर्नुपर्ने र विरोधीहरुले लगाएको आरोपको खण्डन गर्दै मिसन ०८४ लाई सफल पार्न जुट्नु पर्ने बताए । उनले तर्क र तथ्यमा आधारित भएर विपक्षी लगाएको आरोपको खण्डन गर्नुपर्नेमा जोड दिए ।
सम्पर्क मञ्चका अध्यक्ष ओम वहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी सम्पर्क समितिका अध्यक्ष राजेन्द्र आचार्य र इन्चार्ज चेतनारायण पौडेलले पार्टीले सञ्चालन गरेको जरा अभियानको वारेमा बताएका थिए। कार्यक्रमको सञ्चाल सचिव कृष्ण खड्काले र स्वागत उपाध्यक्ष विष्णु घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->