बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

५० लाखको लागतमा नदीपुरमा खुल्यो ‘कानुङ क्याफे एण्ड कफि सप’

५० लाखको लागतमा नदीपुरमा खुल्यो ‘कानुङ क्याफे एण्ड कफि सप’


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०८२, मंगलबार
DCIM100GOPROGP010544.JPG

पोखरा/  पोखराको नदीपुर (पद्म नर्सिङ होमको अगाडी) मा ५० लाखको लागतमा ‘कानुङ क्याफे एण्ड कफि सप’ सञ्चालनमा आएको छ ।
पोखरा महानगरपालिका–३ का वडा सदस्यसमेत रहेका युवा व्यवसायी नविन आले मगरले नव वर्ष २०८२ को अवसर पारेर क्याफे सञ्चालनमा ल्याएका हुन् ।

क्याफेको नविनका आमा तुलसीदेवी आले र पिता लालबहादुर आले मगरले संयुक्त रुपमा उद्घाटन गरे ।  क्याफेमा नयाँवर्ष तथा उद्घाटन अफर अन्तरर्गत आगामी १५ गतेसम्म कफि तथा हरेक परिकारमा १० प्रतिशत छुट प्रदान गरिने सञ्चालक आले मगरले बताए । ‘कफि पारखीहरुका लागि मात्रै नभएर प्रचलित खाजाका परिकारहरु हाम्रो क्याफेमा उपलब्ध हुनेछन्,’ उनले भने, ‘नयाँवर्षदेखि २ हप्ताका लागि कफि तथा हरेर परिकारमा १० प्रतिशत छुट दिँदैंछौ ।’

स्वदेशमै स्वरोजगारको सिर्जना गर्न र पारिवारिकमैत्री सेवा दिने उद्देश्यले क्याफे सञ्चालनमा ल्याएको बताउदै हाल ७ जना कर्मचारी कार्यरत रहेको उनले बताए । ‘अहिले युवाहरु देश छाडेर विदेश पलायन हुने अवस्था छ । तर मैले यही केही गर्नुपर्छ भनेर क्याफे सञ्चालनमा ल्याएको हुँ,’ उनले भने, ‘कानुङ क्याफे नाफामुखी मात्र नभएर सेवामुखी क्याफे बनाउने प्रयत्न गरेको छु ।’ उनले मगर जातिको भाषा तथा संस्कृतिको जगेर्ना गर्ने लक्ष्यसहित मगर भाषामा क्याफेको नामाकरण गरिएको बताए । आफ्नो भाषाको संरक्षण गर्ने हेतुले क्याफेको नाम पनि ‘कानुङ क्याफे’ राखिएको उनको भनाइ छ । मगर भाषामा ‘कानुङ’ भन्नाले ‘हाम्रो’ भन्ने अर्थ लाग्छ ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->