बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

१३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

१३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८२, सोमबार

पोखरा / मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । ३६ वर्षीय बाबुलाई प्रहरीले आइतबार पक्राउ गरेर मुद्दा चलाएको छ ।

पीडित बालिकाले घटनाबारे आफ्नो नतिजको आफन्तलाई बताएपछि इलाका प्रहरी कार्यालय पालुङमा उजुरी परेको थियो । मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बालिकामाथि उनका बाबुले गत कार्तिकदेखि पटक-पटक जर्वजस्तीकरणी गर्दै आएको उजुरीमा उल्लेख छ ।
पीडित बालिकाकी आमाले दोस्रो विवाह गरेर गएपछि उनी बाबुसँग बस्दै आएको प्रहरीले जानकारी दिएको छ । आरोपित बाबुलाई हाडनाता बलात्कारमा मुद्दा चलाइएको डिएसपी अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->