शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

नेपाली सेनाद्वारा पदमार्गको सरसफाई

नेपाली सेनाद्वारा पदमार्गको सरसफाई


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०८२, बिहिबार

पोखरा/  पोखराको फुलबारीस्थित नेपाली सेनाको श्री कृष्णदल गणले अन्नपूर्ण पदमार्गको सरसफाई गरेको छ । कास्की जिल्लामा पर्यटन व्यवसाय तथा गतिविधिलाई प्रवर्धन, पर्यटनहरुको सुरक्षा तथा पर्यावरण सन्तुलनमा योगदान दिने उद्देश्यले स्थानीय सरोकारवालासंग हातेमालो गरी सेनाले सफाई गरेको हो ।

श्री कृष्णदल गणका गणपति प्रमुख सेनानी राजेन्द्र पुडासैनीको नेतृत्वमा अन्नपूर्ण गाउँपालिकाको झिनु, छोम्रोङ, तल्लो छोम्रोङ, सिनुवा, देउराली, बाम्बो क्षेत्रमा सरसफाई अभियान संचालन भएको हो । यी क्षेत्र अन्नपूर्ण आधार शिविर जाने बाटो हुन् । पश्चिम पृतनाका पृतनापति उपरथी मधुकरसिंह कार्कीको “पदयात्रा मार्ग सरसफाई अभियान“ को अवधारणा र श्री नं.३ वाहिनी अड्डाको निर्देशन बमोजिम गणले बैशाख २१ गतेदेखि २५ गतेसम्म अभियान संचालन गरेको हो ।
अभियानको क्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रतिनिधि, स्थानीय होटल व्यवसायी, आमा समुह तथा स्थानीयहरुको उल्लेखनीय संलग्नता रहेको थियो । अभियानको अन्तिम दिन सरसफाईका क्रममा संकलित करिव २९० किलो प्लाष्टिकजन्य फोहोर गणपति पुडासैनीले अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान गुरुङ्गको उपस्थितिमा एक्याप छोम्रोङ्गका प्रमुख नेत्र शर्मालाई हस्तान्तरण गरेका थिए । नेपाली सेनाको अगुवाईमा संचालन भएको उक्त कार्यक्रमको स्थानीय जनप्रतिनिधि, होटल व्यवसायी, स्थानीय बासिन्दा, आमा समुह तथा एक्यापकका कर्मचारीले सराहना गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->