बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पेमा धेछेन्लिङ गुम्बामा प्रवचन हुँदै

पेमा धेछेन्लिङ गुम्बामा प्रवचन हुँदै


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०८२, शनिबार

पोखरा/२५६९ औं बुद्ध जयन्तीको अवसरमा बैदाम तामाङ सेवा समाजले शनिबार पेमा धेछेन्लिङ गुम्बा लेकसाइड खहरेमा प्रवचन कार्यक्रम आयोजना गरेको छ ।

समाजका अध्यक्ष ज्याक तामाङका अनुसार बुद्ध जयन्ती मुल समारोहकै साप्ताहिक कार्यक्रम अन्र्तगत प्रवचन हुन लागेको हो । । बिहान ७ बजेबाट शुरु हुने प्रवचन कार्यक्रममा गण्डकी प्रदेशका युवा, सामाजिक तथा खेलकुदमन्त्री विन्दुकुमार थापा प्रमुख अतिथी रहने आयोजकले जनाएको छ ।

यसअघि साप्ताहिक कार्यक्रमअन्तर्गत साइकल र शुभकामना ¥याली, प्राण दान, धर्मदेशना, गणचक्र पूजा, रक्तदान, भोजनदान, फलफूल वितरण कार्यक्रम सम्पन्न भइसकेको छ । पोखरा क्षेत्रमा २०६० सालदेखि सामूहिक रुपमा बुद्ध जयन्ती मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->