शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

जनताको सपना र कम्युनिष्टको यात्रामा प्रश्नहरू

जनताको सपना र कम्युनिष्टको यात्रामा प्रश्नहरू


  • याम बहादुर थापा मगर
  • जेष्ठ ३ २०८२, शनिबार

मदन भण्डारी आए,
भने – जनताको बहुदलीय जनवाद,
शब्द होइन, सपना थियो त्यो,
जनतालाई राजनीति बुझाउने भाषा थियो ।
जननिर्वाचित नभए पनि,
जननेताको मुहार र केन्द्र बने,
स्वाभिमानी नेता, विचारका योद्धा,
सपना देखाउने आँखा थिए ।
तर, आज…
तिनै सपना बोकेको पार्टी – एमाले,
जनताको आवाज सुन्न चुके जस्तो छ ।
सरकार आयो, सरकार गयो,
तर गरिबका खेत बाझै छन्,
श्रमजीवी अझै विदेशिन्छ,
किसानको उत्पादन घाटामा बेच्छ,
न त उ मलखाद पाउँछ, न बजार ।
कम्युनिष्ट आन्दोलन
पहिले शोषणको विरुद्ध आवाज थियो,
अब त्यो नै व्यवस्थाको अंग बनेको छ,
नेतृत्व सुविधामा,
जनता दुविधामा ।
कहाँ हरायो त्यो विद्रोही चेत ?
कहाँ गुमायो त्यो सेवक भाव ?
के बहुदलीय जनवाद कुर्सीको भरमा मात्र थियो ?
भोलि के हो ?
सोध्छन् युवा पुस्ता
के यो पार्टी अझै हाम्रो हो ?
कि इतिहासको संग्रहालयको वस्तु ?
समाधान चाहिन्छ ।
कम्युनिष्ट पार्टीले
फेरि जनताको माटोमा हिँड्नुपर्छ,
सुनिनु पर्ने आवाज
किसानको, मजदुरको, सीमान्तकृतको ।
भ्रम होइन, भरोसा दिनुपर्छ ।
पार्टी जनमुखी, नाफामुखी होइन,
विचारमुखी हुने तर स्वार्थमुखी होइन,
त्यसैमा बाँच्नेछ पुनः
मदन भण्डारीको सपना,
नेपाली जनताको आशा ।
बागलुङ १० भकुण्डे, धौलेचउर

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->