शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

कास्कीको मादीमा पहिरो, २ भैंसी पुरिए, घरहरु जोखिममा

कास्कीको मादीमा पहिरो, २ भैंसी पुरिए, घरहरु जोखिममा


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८२, शुक्रबार

पोखरा/ गएराती आएको पहिरोले कास्कीको मादी गाउँपालिका–१ खिलाङ र वडा नम्बर ६ तप्राङका केही घर जोखिममा पारेको छ । पहिरोमा परेर खिलाङमा २ भैंसी पुरिएका छन् भने केही घर उच्च जोखिममा परेका छन् । यसैगरी तप्राङमा पनि तीन घर बस्नै नमिल्ने भएकाे स्थानीयले बताएका छन् ।

खिलाङमा झन्डै ३ सय मिटर माथिबाट खसेको पहिरोले डुमप्रसाद गुरुङको गोठ पुर्दा २ भैंसी पुरिएको वडा सदस्य प्रेमबहादुर गुरुङले बताएका छन् । राती साढे ११ बजे पहिरो आएको उनले बताए । उनका अनुसार पहिरोका कारण डुमप्रसादको घर र अन्य तीन घर पनि उच्च जोखिममा परेका छन् ।
यसैगरी तप्राङमा आएको पहिरोले विरबहादुर रानाका २ घर र गौबहादुर रानाको घर बस्नै नमिल्ने अवस्थामा पुगेको स्थानीय सुजन पाण्डेले बताए । उनका अनुसार भेंडीखर्क बसपार्कबाट खसेको पहिरोले टोल नै जोखिममा पारेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले घटनाबारे प्रारम्भिक जानकारी आएको र प्रहरी गएर बुझ्ने काम भइरहेको बताए ।

तस्बिरहरु गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद बेदबहादुर गुरुङको फेसबुकबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->