बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

श्रम कानून कार्यान्वयन र समस्याबारे पोखरामा छलफल

श्रम कानून कार्यान्वयन र समस्याबारे पोखरामा छलफल


  • ढोरपाटन संवाददाता
  • असार ११ २०८२, बुधबार

पोखरा/श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणि पाण्डेले श्रमिकहरुको हक र अधिकारप्रति रोजगारदाता संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन् । श्रमिकको सम्मान गरेमात्र उत्पादकत्व बढ्ने उनको भनाइ छ ।

विभागले मंगलबार पोखरामा आयोजना गरेको ‘श्रमसम्बन्धी कानून कार्यान्वयन तथा विद्यमान समस्या’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले श्रमिकहरुको हक रक्षाका लागि विभिन्न कानूनहरु रहेको र आफूलाई मर्का परेमा कानूनी प्रक्रियामा जान मजदुरहरुसँग आग्रह पनि गरे ।

उद्योगी व्यवसायी तथा विभिन्न मजदुर संगठनका प्रतिनिधिहरुबीच आयोजित अन्तक्र्रियामा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले श्रम तथा रोजगार क्षेत्र पछिल्लो समय मर्यादित हुँदै आए पनि निजी क्षेत्रले भनेजस्तो ‘हायर एण्ड फायर’को प्रावधान लागू हुनुपर्नेमा जोड दिए ।
उनले मजदुरहरुले काममा लागेपछि विभिन्न बहानामा दुःख दिने प्रचलन अझै नहटेको जिकिर पनि गरे ।

कार्यक्रममा श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख सुरेश ढकाल, रोजगार विभागका अधिकृत चक्र श्रेष्ठसहित मजदुर नेताहरुले पनि बोलेका थिए । मजदुर नेताहरुले अझै पनि श्रमलाई सम्मान गर्ने परम्परा नबसेको,निर्माण र यातायात क्षेत्रमा कार्यरत मजदुरको सुरक्षा प्रबन्ध नभएको तथा कानूनी उपचार नै ढिलो हुँदा मजदुरले न्याय पाउन नसकेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->