बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्वतको दुर्लुङमा लुटपाट !

पर्वतको दुर्लुङमा लुटपाट !


  • ढाेरपाटन संवाददाता
  • असार ११ २०८२, बुधबार

पोखरा/  गण्डकी प्रदेशकी कांग्रेस सांसद रेखा गुरुङले पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको कथुरेमा मंगलबार नशालु पदार्थ सुघाई लुटपाट गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रदेश सभाको आजको बैठकमा शुन्य समयमा बोल्दै सांसद गुरुङले साँझ ५ बजे कुमारी थापाको घरमा पानी माग्ने निहुँमा ३ जना अपरिचित व्यक्ति घरभि पसी थापाकी छोरी सन्तोषीलाइ नशालु पदार्थ सुघाई अचेत बनाई लुटपाट गरेको बताएकी हुन् ।

उनले यसलाई गम्भिर आपराधिक घटना भन्दै सुरक्षा निकायको चुनौतिसमेत रहेको बताइन् । ‘समाजमा हुने यस्ता घटनाको नियन्त्रण गरी शान्त, सुरक्षित र भरोसायोग्य समाज बनाउन आवस्यक रहेको छ’ उनले भनिन् । यस विषयमा बुझ्दा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रविन विष्टले घटना शंकास्पद रहेको बताए । ‘ठ्याक्कै निष्कर्षमा पुग्न नसके पनि परिवारकै सदस्यबाट घटना भएको जस्तो देखिन्छ’, डिएसपी विष्टले भने, ‘सुरुमा हामीलाई पनि नशालु पदार्थ खुवाएर लुटपाट गरिएको भन्ने सूचना आएको थियो । राती नै गएर घटनाबारे बुझ्दा त्यस्तो देखिएन ।’

यसैगरी शुन्य समयमा बोल्दै माओवादी केन्द्रकी कुसुम बुढा पुनले गत भदौ १९ मा बागलुङको वडीगाड गाउँपालिका– ९ र १० वडामा आएको बाढी पहिरो पीडितलाई उचित बजेटको माग गरिन् । उक्त दिन ८ जनाको मृत्यु र २ जना बेपत्ता भएका थिए । साथै १४६ घर प्रभावित भएको अहिले पनि ४६ घर उच्च जोखिममा परेको भन्दै बाढीपहिरो पीडितलाई बजेटले सम्बोधन नगरेको भन्दै पुनले अव वर्षायाममा कहाँ गएर बस्ने भन्ने पीडितको समस्यालाई समाधान गर्न उचित बजेटको माग गरिन् । कांग्रेसकी टीकाकुमारी बस्यालले स्वास्थ्य संस्थामा टिकट लिन घन्टौ लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गरिन् । कांग्रेसकै डिल्लीराम सुवेदीले भौतिक पूर्वाधार मन्त्रालयले समस्याग्रस्त आयोजनाको सूचीमा राखेको बागलुङ जिल्लाको कुश्मिसेरा देखी राङखानी, नाम्दुख, बरेङ, शान्तिपुर सडक खण्ड अन्तर्गत जैमिनी १० राङखानी चिलडाँडामा ठूलो पहिरो गएर आवतजावतमा समस्या भएको बताए । बागलुङ र गुल्मी जोड्ने मेरुदण्डको सडक भएकाले उक्त पहिरोको व्यवस्थापन र दीर्घकालिन समस्या समाधानका लागि उनले माग गरे । एमालेका श्यामराजा महतले तनहुँको व्यास–६ बाट मोदीखोलाको पुल खोज्न स्थानीय आएको भन्दै सरकारको ध्यानाकर्षण गराए । मुख्यमन्त्री, अर्थमन्त्री, भौतिकमन्त्री र म आफुसमेत बसेर छलफल गरी पुल खोज्नु पर्ने भन्दै उनले ‘माया खोज्दै आएको माया कता हरायो, रुदै हिन्ने गरायो भनि गीतको टुक्का पनि सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->