आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नाबालिकामाथि सामूहिक करणीको आरोपमा तीन जना पक्राउ

नाबालिकामाथि सामूहिक करणीको आरोपमा तीन जना पक्राउ

गत जेठ २८ गते आफन्तको घरबाट घर फर्किदै गरेकी १४ वर्षिया नाबालिका ‘बागलुङ ३७’ (परिवर्तित नाम)लाई साँझको समयमा सामूहिक रुपमा जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

  • ढोरपाटन संवाददाता
  • असार १२ २०८२, बिहिबार

बागलुङ/नाबालिकामाथि सामूहिक रुपमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

गत जेठ २८ गते आफन्तको घरबाट घर फर्किदै गरेकी १४ वर्षिया नाबालिका ‘बागलुङ ३७’ (परिवर्तित नाम)लाई साँझको समयमा सामूहिक रुपमा जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ पर्नेहरुमा जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ८ का ३० वर्षिय याम प्रसाद श्रीस, सोही ठाउँका २५ वर्षिय गुणबहादुर श्रीस र ३५ वर्षिय झमु श्रीस रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । नाबालिकालाई जबरजस्ती करणी गरी लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले उहाँहरुलाई बडिगाडबाटै पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक आनन्द बस्नेत नेतृत्वको टोलीले नाबालिकालाई सामूहिक बलात्कार गरी फरार रहेका तीनै जनालाई सोमबार पक्राउ गरेको हो । प्रहरीले पीडित बालिकाको स्वास्थ्य परिक्षण रिपोर्ट, पीडितको बयान, जोहरी दरखास्त लगायतका प्रमाणहरुको आधारमा बागलुङ जिल्ला अदालतबाट जबरजस्ती करण गर्न नहुने कसुर मुद्दामा पाँच दिनको म्याद गरी अनुसन्धान गरिरहेको सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->