बागलुङ/विपत व्यवस्थापन गुल्म बागलुङको आयोजना र नेपाल मानवअधिकार संगठन बागलुङ शाखाको सहजीकरणमा मावनवअधिकार समब्नधी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार भएको कार्यक्रममा विपत व्यवस्थापन गुल्मका २८ प्रहरी सहभागि थिए । विपतको क्षेत्रमा काम गर्ने भएपनि प्रहरी संगठनमा मानवअधिकारको आवस्यकता भएकोले कार्यक्रम राख्नुपरेको गुल्मका प्रमुख तथा प्रहरी निरीक्षक रामकृष्ण पाठकले बताए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरेले मानवअधिकारको वर्तमान अवस्था र थपिएको चुनौतीबारे जानकारी गराए । उनले सरलबाट समाज जटिलतामा गएकोले हरेक क्षेत्रमा मानवअधिकारको विषय उठाउनुपर्ने अवस्था भएको बताए ।
अधिवक्ता प्रकाश बरालले विपतमा मानवअधिकारको उपयोग तथा अन्तराष्ट्रिय कानूनबारे जानकारी गराए । संगठनकी अध्यक्ष अधिवक्ता लक्ष्मदेवी जिसी कार्कीले मानवअधिकारको आचारसंहिता, कार्यस्थलमा हुन सक्ने हिंसा र उद्दारकर्मीबीचको विभेद अन्त्य गर्न सकिने उपायबारे प्रस्तुतीकरण गरिन् । अर्का अधिवक्ता अमरबहादुर कार्कीले मानवअधिकारको जानकारी, यसको विश्वव्यापीकरण र आवस्यकताबारे जानकारी गराए ।
संगठनकी अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पम्न कार्यक्रममा गुल्म प्रमुख पाठकले पनि हालसम्म वितप व्यवस्थापन गुल्मले गरेका कामबारे जानकारी गराउँदै मानवअधिकारको क्षेत्रमा सचेत बन्न प्रयास गर्ने बताए । प्रहरी उद्दारकर्मीले मानवअधिकारको ख्याल गर्दा नागरिकले न्याय पाउने, प्रहरीप्रति नागरिकको सम्मान बढ्ने र लोकतन्त्रको गरिमा बढाउन योगदान पुग्ने समेत उनले बताए ।
सशष्त्र द्वन्द्वमा राज्यपक्षबाट सबैभन्दा धेरै मानवअधिकार हनन्को घटना भएको देखिन्छ । पछिल्लो समय पनि छिटफुटका घटना भने भैरहन्छन् । हिरासतमा यातना दिने क्रम रोकिएको छ । तर पनि अन्य विषयमा उठ्ने विवादबाट माथी उठेर नागरिक र प्रहरीबीचको सम्बन्ध सुधार गर्न यस्ता अभिमुखीकरण फलदायी बन्ने जिसीले बताइन् ।





