सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

पत्रकारलाई दुर्व्यवहार गर्नेमाथि कारवाहीको माग

पत्रकारलाई दुर्व्यवहार गर्नेमाथि कारवाहीको माग

समाजका विकृति–विसंगति उजागर गर्न, समस्यामा परेका नागरिकको आवाज मुखरित गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको भन्दै पत्रकारमाथि हुने यस्ता दुव्यवहार नगर्न नगराउन संगठनहरुले चेतावनी समेत दिएका छन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०८२, शनिबार

पोखरा/पोखरामा समाचार संकलनको क्रममा पत्रकार माथि भएको दुर्व्यवहार गर्ने मेन पावर कम्पनीका सञ्चालकसहित घटनामा संलग्नलाई कारवाहि गर्न माग गरिएको छ ।

पत्रकार सम्बद्ध विभिन्न संगठनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाउँदै दोषी उपर कडा कारबाही गर्न माग गरेका छन् ।

मंसिर १ गते पोखरा ८ सभागृहचोकस्थित एमिटी ग्लोबल इम्प्लोइमेन्ट सर्भिस प्रा. लि.को शाखा कार्यालयमा समाचार संकलनका लागि पुगेका पत्रकारहरू माथि दुर्व्यवहारको भएको थियो । विदेशमा रोजगारीको सम्झौता अनुसारको काम तथा पारिश्रमिक नपाएको भन्दै पिडित पक्षले पत्रकार सामु गुनासो गरेपछि पत्रकारहरुले कम्पनीको प्रतिक्रिया लिन मंसिर १ गते कार्यालय पुगेका थिए ।

कम्पनीकै प्राङगणमा पीडित भनिएका पक्षसँग कुरा गरि कम्पनीको शाखा निर्देशक दिनेश मगरसँग थप बुझ्न जाँदा अपरिचित व्यक्तिहरु बोलाइ दुर्व्यवहार गरेको हो । यस ढोरपाटन दैनिकका बरिष्ठ सम्वाददाता विजय नेपालीसहित पत्रकार सुरेश सुनार, अर्जुन हिताङ र विष्णु विश्वकर्मालाई करिब तीन घण्टा घेराउ हाल्दै दुव्र्यवहार गरेका हुन् ।

प्रेस स्वतन्त्रता, पत्रकारिताको मर्यादा र कानूनी प्रथामाथिको खुला चुनौती भएको विभिन्न प्रेस सम्बद्ध संगठनको आरोप छ । समाचार सन्तुलित बनाउन आरोपित पक्षको भनाई लिन पुगेका पत्रकारमाथि फोटो–भिडियो डिलिट गराउने, थुनेर राख्ने तथा गलत कामको साक्षी बस्न बाध्य पार्ने जस्ता गतिविधिको घोर निन्दा र भत्र्सना गरिएको छ ।

संवाद र कानूनी प्रक्रियाबाट विषय समाधान गर्ने विकल्प हुँदाहुँदै पत्रकारमाथि गरिएको अमानवीय व्यवहारको छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन कास्की शाखाले जोडदार माग गरेको छ । समाजका विकृति–विसंगति उजागर गर्न, समस्यामा परेका नागरिकको आवाज मुखरित गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको भन्दै पत्रकारमाथि हुने यस्ता दुव्यवहार नगर्न नगराउन संगठनहरुले चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->