सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

बंगलादेश भूकम्पः ज्यान गुमाउनेको संख्या १० पुग्यो

बंगलादेश भूकम्पः ज्यान गुमाउनेको संख्या १० पुग्यो

ज्यान गुमाउने र घाइते हुने अधिकांश आत्तिएर अग्ला भवनबाट हाम फालेका व्यक्ति रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०८२, शनिबार

काठमाडौं / बंगलादेशमा शुक्रबार बिहान १० बजेर ३८ मिनेट (स्थानीय समय) जाँदा नरसिंदी नजिकै केन्द्रबिन्दु भएर गएको ५.७ म्याग्निच्युडको भूकम्पले ठूलो क्षति पुर्‍याएको छ। राजधानी ढाकासहित देशका विभिन्न भागमा भवन हल्लिएका र केही स्थानमा संरचना भत्किएका छन्। पछिल्लो जानकारी अनुसार अहिलेसम्म १० जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन्।

नरसिंदीमा ५, ढाकामा ४ र नारायणगञ्जमा १ जनाको मृत्यु भएको छ। ज्यान गुमाउने र घाइते हुने अधिकांश आत्तिएर अग्ला भवनबाट हाम फालेका व्यक्ति रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ढाकाको कसैतुली क्षेत्रमा पाँच तले भवनको रेलिङ भत्किँदा तीन पैदलयात्रीको ज्यान गएको थियो। घाइतेहरूको उपचार ढाका मेडिकल कलेजलगायत विभिन्न अस्पतालमा भइरहेको छ।

अन्तरिम सरकारले औषधि, राहत सामग्री र उद्धार टोली परिचालन गरेको छ। स्वास्थ्य सेवा निर्देशक मोइनुल अहसनले भने, ‘आपतकालीन टोलीले घाइतेहरूको उपचार गरिरहेका छन्।’

अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले मृतकप्रति गहिरो शोक व्यक्त गरेका छन्। बंगलादेश युनिभर्सिटीका प्राध्यापक मेहेदी अहमद अन्सारीले भने, ‘यो भूकम्प बंगलादेशका लागि ठूलो चेतावनी हो।’ एजेन्सी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->