आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कतारमा बागलुङेको बृहत्त रक्तदान

कतारमा बागलुङेको बृहत्त रक्तदान


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८२, आइतबार

बागलुङ/रोजगारीको शिलशिलामा खाडी मुलुक कतारमा रहेका बागलुङेहरुले बृहत्त रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । बागलुङ सेवा समाज कतार र समाजको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज बहुउद्देश्यीय कोषको संयुक्त आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा दोहामा ‘बृहत् रक्तदान’ कार्यक्रम गरिएको हो ।

गत शुक्रबार भएको रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेको समाजका अध्यक्ष निराजन गौतमले जानकारी दिए । मानवीय र सामाजिक सेवाका क्षेत्रमा क्रियाशील बागलुङ सेवा समाज कतारले कतारको हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । अध्यक्ष गौतमले नेपालीहरू जहाँ बसेपनि समाजप्रति उत्तरदायी रहन्छन् भन्ने उदाहरण रक्तदान कार्यक्रमले दिएको बताए ।

बहुउदेश्यीय कोषका अध्यक्ष सन्तोष पौडेलले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । ‘रक्तदान केवल परोपकार मात्र होइन, जीवन बचाउने महान् कार्य हो’ भन्ने अभियानका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको पौडेलले बताए । प्रवासमा रहेका नेपालीहरू मानवता प्रवद्र्धन र सामाजिक हितमा पनि उत्तिकै सक्रिय रहेको उनको भनाइ छ ।

‘रक्तदान, जीवनदान’ भन्ने आदर्श वाक्यसहित सञ्चालन गरिएको रक्तदान कार्यक्रममा नेपाली श्रमिक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बागलुङ सेवा समाज कतारले कतार तथा गृह जिल्ला बागलुङमा नियमित रूपमा सामाजिक कार्य सञ्चालन गर्दै आइरहेको छ ।

समाजले १ एक करोडको ‘कतार बहुद्देश्यीय अक्षयकोष’समेत स्थापना गरेको छ । कोषमार्फत दैवी प्रकोप उद्धार, सीपमूलक तालिम, पर्यटन प्रवद्र्धन, प्रवासीको तथ्यांक संकलन, सम्मान र पुरस्कार प्रदान तथा सामाजिक काम गर्ने लक्ष्य लिइएको अक्षयकोषका अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->