बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भर्जिन ‘चाङ्गा’मा पत्रकार महासंघको बैठक

भर्जिन ‘चाङ्गा’मा पत्रकार महासंघको बैठक

चाङ्गा र आसपासका पर्यटकीय गन्तव्यलाई समावेश गरी पर्यटकीय मार्ग (पर्यटन–रुट)को रुपमा प्रवद्र्धन गर्नका लागि सम्भावना देखिएकाले सोको गुरुयोजना बनाएर कार्यान्वयनमा ल्याउन सबै तहका सरकारहरुको ध्यानाकर्षण गराउन वैठकमार्फत अपिल गरिएको छ ।


  • हरिकृष्ण गौतम
  • मंसिर ९ २०८२, मंगलबार

म्याग्दी/नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा सोमबार मंगला गाउँपालिका–५, अर्मनको चाङ्गामा घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

सिर्कुम गाउँको शिरमा समन्द्री सतहदेखि २२ सय ५० मिटरको उचाइमा अवस्थित चाङ्गा क्षेत्र प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेपछि प्रवद्र्दन तथा सरोकारवाला निकायको ध्यानार्कषण गराउन आयोजित कार्यक्रममा पर्यटकको पखाईमा रहेको क्षेत्रमा न्यूनमत पूर्वाधारका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।

म्याग्दीका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुमा पुगेर त्यहाँको सम्भावनाबारे प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चाङ्गामा पर्यटन प्रवद्र्धनको कार्यक्रम गरिएको हो । पत्रकार महासंघ म्याग्दीले हरेक महिनाको एकपटक पर्यटकीय क्षेत्रमा पुगेर घुम्ती बैठक आयोजना गर्ने र ती क्षेत्रको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्दनमा सहयोग पु¥याउने उद्देश्यका साथ अभियानको रुपमा घुम्ती बैठकसँगै पर्यटन प्रवद्र्दन कार्यक्रमलाई अघि बढाएको छ ।

जिल्लास्थित स्थानीय पालिका, वडा र सरोकारवाला निकायसँगको समन्वय तथा सहकार्यमा कार्यक्रम गर्ने गरिएको नेपाल पत्रकार महासंघ म्याग्दीले जनाएको छ । मंगलाको चाङ्गामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पत्रकार महासंघले अभियानको रुपमा सञ्चालन गरेको पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रमले जिल्लाका ओझेलमा परेका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार, उजागर तथा पहिचानमा सहयोग पु¥याएको बताए । उनले चाङ्गा म्याग्दीकै भर्जिन पर्यटकीय क्षेत्रको रुपमा रहेको बताउँदै यहाँको सम्भावनाबारे उजागर गरेर पर्यटकीय गन्तव्य बनाउन सकिने बताए ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले आफू पत्रकार महासंघ म्याग्दीको अध्यक्ष हुँदा सञ्चालन गरेको पर्यटन प्रवद्र्दन कार्यक्रमलाई वर्तमान कार्यसमितिले निरन्तरता दिएकोमा धन्यवाद दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले आगामी दिनमा पनि महासंघमार्फत पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गरिने जानकारी दिए ।

मंगला गाउँपालिका वडा नं. ५ नम्बर वडाका वडा अध्यक्ष भूपेन्द्रबहादुर केसी र धौलागिरि पर्यटन परिषद तथा फोटो पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष अमर बानियाँले पत्रकार महासंघले अगाडि सारेको पर्यटन प्रवद्र्धनको कार्यक्रम अत्यन्तै सराह्रनीय रहेको बताउँदै यसले जिल्लामा पर्यटकीय क्षेत्रको पहिचानमा सहयोग पु¥याउने बताए ।

कार्यक्रम नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं पर्यटन प्रवद्र्धन कार्यक्रमका संयोजक अमित विश्वकर्माको अध्यक्षता, सचिव ठाकुरप्रसाद आचार्यको स्वागत र कार्यसमिति सदस्य राकेश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा मंगलाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, गाउँकार्यपालिका सदस्य भूमिसरा बुढाथोकी, वडा सदस्यद्वय दिलबहादुर थापा, गुप्तबहादुर रोकाको उपस्थिति रहेको थियो भने स्थानीय आमा समूह, युवा क्लब लगायतले सहभागिता जनाएका थिए । सोही अवसरमा चाङ्गाको विकास र प्रवद्र्धनको लागि सातबुँदे घोषणापत्र समेत जारी गरिएको छ ।

सात बुँदे चाङ्गा घोषणापत्र यस्तो छ
१. प्राकृतिक तथा ग्रामीण पर्यटकीय क्षेत्रको रुपमा चाङ्गाको विकास गर्न आवश्यक नीति तथा योजना निर्माण, स्रोतको सुनिश्चितता र कार्यान्वयनका लागि स्थानीय, प्रदेश र संघीय सरकारसमक्ष यो वैठक अनुरोध गर्दछ ।
२. चाङ्गा र आसपासका पर्यटकीय गन्तव्यलाई समावेश गरी पर्यटकीय मार्ग (पर्यटन–रुट)को रुपमा प्रवद्र्धन गर्नका लागि सम्भावना देखिएकाले सोको गुरुयोजना बनाएर कार्यान्वयनमा ल्याउन सबै तहका सरकारहरुको ध्यानाकर्षण गराउन वैठकमार्फत अपिल गरिन्छ ।
३. समुदायमा आधारित पर्यटन प्रवद्र्धनका लागि आवश्यक आधारभूत संरचना र सुविधाहरुको निर्माणमा स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायलाई एकजुट भएर लाग्न यो वैठकले अनुरोध गर्दछ ।
४. चाङ्गा क्षेत्रको कृषि, पशुपालन र फलफूल खेतीको व्यावसायीकरणलाई स्थानीय समृद्धिका क्षेत्रको रुपमा लिएर कार्यान्वयनमा ल्याउन सम्बन्धित सबै पक्षको यो वैठक ध्यानाकर्षण गराउँदछ ।
५. चाङ्गा क्षेत्रलाई पर्यटनको हव बनाउन यहाँको प्राकृतिक सौन्दर्यसँगै लालीगुराँस फूल्ने समयमा गुराँस महोत्सव तथा फागुपूर्णिमा मेलालगायत अन्य कार्यक्रमहरु सञ्चालन गर्न वैठकबाट अनुरोध गरिन्छ ।
६. म्याग्दीसहित देशका विभिन्न स्थानबाट चाङ्गा र तीनचुले क्षेत्रमा पर्यटकहरु आउनको लागि पर्यटन पदमार्ग निर्माण, मर्मतसम्भार तथा स्तरोन्नतिका लागि यो वैठकको माध्यमबाट सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।

७. नेपाल पत्रकार महासंघ म्याग्दीको घुम्ती बैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने मंगला गाउँपालिका, वडानम्बर ५, स्थानीय जनप्रतिनिधि, आमा समूह, युवा क्लब, स्थानीयवासीमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->