आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान शुरु

बागलुङमा लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान शुरु

पछिल्लो समय उपभोक्ता समितिमा महिलाको उपस्थिति र पदाधिकारीमा अनिवार्य गरिएको छ । महिला पदाधिकारी भएको उपभोक्ता समितिमा राजश्व छुटको समेत व्यवस्था गरिएको छ ।


  • ढाेरपाटन संवाददाता
  • मंसिर ९ २०८२, मंगलबार

बागलुङ/जिल्लामा लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान शुरु भएको छ । बागलुङमा पनि विभिन्न कार्यक्रम गरी दिवश मनाउने योजना बनेको बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख रचना आचार्यले जानकारी दिइन् ।

मंगलबार भएको पहिलो दिनको शुभारम्भ गण्डकी प्रदेश सभाकी सदस्य कुशुम बुढा र बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले गरे । सो अवसरमा सांसद बुढाले लैगिक हिंसा व्यवहारमा मात्र नभइ सोचाइ र सभ्यतामा देखिनुपर्ने बताइन् । बुढाले हिंसा गर्नेलाई कारवाही गर्न राज्य सधंै लाग्नुपर्ने भन्दै हिंसा सहेर बस्दा पनि समाजमा समस्याहरु उत्पन्न भएको बताइन् ।

कार्यक्रममा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले लैंगिक हिंसा विरुद्दको १६ दिने अभियानमा धेरै कार्यक्रम समावेश गरिने बताए । उनले हिंसा प्रायः महिलामाथी हुने गरेको भनिएपनि पुरुष समेत हिंसाको सिकार बनेका घटना धेरै रहेको बताउँदै त्यसका लागि समाज सभ्य र हिंसाविरुद्द लाग्ने तत्परता चाहिएको धारणा व्यक्त गरे ।

श्रेष्ठले नगरपालिकाभित्र गरिने विकास निर्माणदेखि अन्य काममा महिला र पुरुषको समान सहभागितामार्फत हिंसा न्युनिकरणको अभ्यास गरिएको जानकारी दिए । पछिल्लो समय उपभोक्ता समितिमा महिलाको उपस्थिति र पदाधिकारीमा अनिवार्य गरिएको छ । महिला पदाधिकारी भएको उपभोक्ता समितिमा राजश्व छुटको समेत व्यवस्था गरिएको छ ।

नगरप्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षता, महिला शाखा प्रमुख रचना आचार्यको संचालनमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले हिंसाविरुद्द सबै लड्नुपर्ने आवस्यकता औल्याए । उनले कार्यक्षेत्रमा हुने, घरेलु हिंसा र अन्य क्षेत्रका हिंसाबाट मुक्त समाज बनाउन राज्यका निकाय बाहेक सामाजिक अभियान्ताहरु समेत सहभागि बन्नुपर्नेमा जोड दिए ।

त्यसअघि बागलुङ नगरपालिका, विभिन्न आमा समूह, प्रहरी, सामाजिक संस्थाले प्रभातफेरी गरेका थिए । उनीहरुले हिंसा विरुद्दका प्लेकार्ड पनि बोकेका थिए । १६ दिनसम्म मनाइने कार्यक्रममा नगरपालिका, विभिन्न स्थानीय तहसहित वडा वडामा पनि रचनात्मक काम गरेर दिवश मनाउने लक्ष्य राखिएको आचार्यले जानकारी दिइन् । दिवशको अवसरमा सेतो रिवन लगाउने काम पनि शुरु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->