आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ एमालेमा ६ जना महाधिवेशन प्रतिनिधीका लागि ३९ जनाको दावी

बागलुङ एमालेमा ६ जना महाधिवेशन प्रतिनिधीका लागि ३९ जनाको दावी


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०८२, बुधबार

बागलुङ/  यही मंसिर २७ गतेदेखि हुन गइरहेको नेकपा एमालेको एघारौं महाधिवेशनमा ६ जना प्रतिनिधिका लागि जिल्लामा ३९ जनाकोको दावी परेको छ । बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फ ३ जना, महिला तर्फ २ र युवातर्फ १ जना महाधिवेशन प्रतिनिधि छनौट हुदैछन ।

खुलातर्फ मात्रै २२ जनाको दावी परेको हो । निर्वाचन क्षेृत्र नम्बर एकबाट पार्टी जिल्ला अध्यक्ष हिराबहादुर केसी, कृष्ण पाठक, हरिनारायण गौतम, लिला राना, गणेश थापा, धुर्व केसी, अमर थापा, हिमाल शर्मा, भुपेन्द्र खड्का, जनक पौडेल, शिव सापक‍ोटा, भरत पुरीबाट महाधिवेशन प्रतिनिधिका लागि दावी परेको छ । यसैगरी दावी गर्ने अन्यमा टेकनारायण पौडेल, नर बहादुर थापा, रामकृष्ण शर्मा, बाबुलाल शाक्य, नवराज पौडेल, रुद्र ब. केसी, लाल ब. थापा, खिमराज सापकोटा, संजय श्रेष्ठ र डिलबहादुर कार्की रहेका छन् ।

यसैगरी २ जना महिलाको लागि ७ जनाले दावी गरेका छन् । दावी गर्नेमा गीता शर्मा, ममतादेवी शर्मा, कालिका सापकोटा, सरस्वती खड्का परियार, हुमा कुमारी जिसी अन्जु, चित्रा श्रीस र हुमादेवी खड्का रहेका छन् । एक जना युवाकका लागि १० जनाले दावी गरेका छन् । युवातर्फ दावी गर्नेमा राजु गौतम, शिव शर्मा, प्रेम केसी, सिर्जना पन्त, संजाल शर्मा, रमेश ब. क्षेत्रीm बुद्ध बोहरा, शेखर खड्का, सन्दिप कँडेल र तिलक खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->