आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

साइबर अपराधमा महिला र बालबालिका बढी पिडीत

साइबर अपराधमा महिला र बालबालिका बढी पिडीत

अल्पकालिन महिला सेवा केन्द्र बागलुङ र बागलुङ नगरपालिका वडा नं. २ को वडा स्तरीय लैंगिक हिंसा निगरानी समूहको आयोजनामा भएको सचेतनामुलक कार्यक्रममा सहभागीले हिंसाविरुद्द महिला पुरुषको सहकार्यको आवस्यकता पनि औल्याए ।


  • ढाेरपाटन संवाददाता
  • मंसिर ११ २०८२, बिहिबार

बागलुङ/मोबाइल फोनको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढेको र त्यसले महिला र बालबालिकाहरु बढी हिंसामा परेको सरोकारवालाले बताएका छन् । उनीहरुले समाजमा बेमेल बढ्नु र अपराधिक घटना बढ्नुमा समेत मोबाइलको गलत प्रयोग भएको बताए ।

लैंगिक हिंसा विरुद्दको १६ दिने अभियानअन्र्तगत अल्पकालिन महिला सेवा केन्द्र बागलुङ र बागलुङ नगरपालिका वडा नं. २ को वडा स्तरीय लैंगिक हिंसा निगरानी समूहको आयोजनामा भएको सचेतनामुलक कार्यक्रममा सहभागीले हिंसाविरुद्द महिला पुरुषको सहकार्यको आवस्यकता पनि औल्याए ।

कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले हिंसा नै नहुने गरी घरघरमा सचेतनाको अभियान लैजान आवस्यक भएको बताए । घरघरमा हिंसा नभए समाजमा पनि हिंसाका घटना नआउने उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयकी प्रहरी सहायक निरीक्षक तथा महिला सेलकी प्रमुख श्रद्धा कुँवर, महिला अधिकारकर्मी लक्ष्मी बोहोरा, धौलागिरि अस्पतालमा संचालित एकद्वार संकट व्यवस्थापन केन्द्रकोे तर्फबाट डा. सन्दीप केसीले सहभागिलाई अभिमुखीकरण गराएका थिए । कार्यक्रममा आमा समूहका पदाधिकारी, सामाजिक संस्थाका प्रमुख, स्थानीय महिला तथा पुरुष र वडा सदस्य, कार्यपालिका सदस्य लगायत सहभागि थिए ।

वडास्तरीय लैंगिक हिंसा निगरानी समूहकी अध्यक्ष शान्ति बोसेलको अध्यक्षता, नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख रचना आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । नगरपालिकाले १६ दिने अभियानलाई वडा तहसम्म लैजाने अभियान बनाएको छ । पहिलो दिन नगरस्तरीय कार्यक्रम सम्पन्न भएकोमा १४ दिनसम्म हरेक वडामा लैंगिक हिंसा, मानसिक स्वास्थ्य, ओसिएमसीको सेवा प्रवाह लगायतको विषयमा सचेतना कार्यक्रम गरिंदै आएको छ ।

अभियानको अन्तिम दिन अन्तराष्ट्रिय मानवअधिकार दिवशसहित अभियानको समापन गरिने कार्यक्रम रहेको आचार्यले जानकारी दिइन् । त्यस बाहेक गैरसरकारी संस्था, सामाजिक संस्था समेतले यो अभियानमा विभिन्न कार्यक्रम गर्ने बताएका छन् । फेयरमेड फाउण्डेसन, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन लगायतले अभियानमा थप सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->