मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

उम्मेदवारी अन्तिम नामावली प्रकाशन आज

उम्मेदवारी अन्तिम नामावली प्रकाशन आज


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०८२, शुक्रबार

पोखरा/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनका लागि उम्मेदवार मनोनयन र दावी विरोधका प्रत्रिया सकिएका छन् । निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको नामावली प्रकाशन गरेपछि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । यस्तै १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भने, दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि १ गरी तीन हजार ४ सय ८७ को उम्मेदवारी दर्ता भएको छ ।

यस्तै निर्वाचनका लागि फागुनको पहिलो हप्ता सबै निर्वाचन क्षेत्रमा मतपत्र समेत पुग्ने आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पु¥याइसक्ने बताएका छन् ।

त्यस्तै, समानुपातिकतर्फ डेढ करोड मतपत्र छपाई भइसकेको र बाँकी ५० लाख मतपत्र छपाई कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनले निर्वाचनका लागि ५१ मध्ये ३७ वटा सामाग्री सम्बन्धित जिल्लामा नै खरिद गर्ने व्यवस्था गरिएको बताए । बाँकी रहेका १४ वटा सामाग्रीहरू माघ महिनाको तेस्रो हप्ताभित्र प्राप्त गर्ने र खण्ड खण्ड बनाएर ढुवानी गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->