आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

आरुघाट र धादिङ जोड्ने पुल बग्यो

आरुघाट र धादिङ जोड्ने पुल बग्यो


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८३, आइतबार

पोखरा / बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगाएको छ ।

बुढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठले जानकारी दिए।

बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत-सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल,  धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->