आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

सुरक्षित स्थानमा जाँदा टाइम्स इनर्जीका  १८ कर्मचारी सकुशल

सुरक्षित स्थानमा जाँदा टाइम्स इनर्जीका  १८ कर्मचारी सकुशल


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८३, आइतबार

पोखरा / गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बूढीगण्डकी नदीको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ।
बाढीका कारण कम्पनीका ९ वटा ब्लक र ६ वटा सार्वजनिक भवन बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार स्थानीयले बाढी आउन लागेको सूचना दिएपछि आयोजनामा कार्यरत १८ जना कर्मचारी सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएका छन्।

कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको छ। यसैबीच, सेनाको टोलीले जगत क्षेत्रबाट ६ जनालाई हवाई उद्धार गरिसकेको जनाएको छ।

घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली उद्धार तथा राहत कार्यमा परिचालित भएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->