काठमाडौं / बुढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका ६ जनालाई हवाई माध्यमबाट उद्धार गरिएको छ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको बताएका हुन।
प्रधानमन्त्री शाहले लेखेका छन् , ‘बूढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ । काठमाडौँमा रहेको कम्पोजाइट क्विक रियाक्सन टिम समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ ।’
बूढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको उनले बताए।




