आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

गगन थापा कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार

गगन थापा कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार


  • ढाेरपाटन संवाददाता
  • माघ ९ २०८२, शुक्रबार

काठमाडौं/ नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।

विगतमा निर्वाचनपछि संसदीय दलको नेता चयन गर्ने अभ्यास रहेको उल्लेख गर्दै उपभासपति शर्माले यस पटक मतदातालाई सजिलोका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरिएको बताए। यसले मतदातालाई कुन पार्टीलाई मत दिने भन्ने निर्णय गर्न सजिलो हुने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->